समिर श्री
सल्यान
सल्यानमा एक भुतपूर्व शिक्षकको नाममा रहेको अक्षय कोष वितरण गरिएको छ । जिल्लाको बागचौर नगरपालिका वडा न.ं ६ स्थित सरस्वती मा.वि. मा करिब २६ वर्ष अध्यापन गरेका शिक्षक स्वर्गीय कर्ण बहादुर वली को नाममा रहेको ४०,६५० रकम बराबरको कोष एक कार्यक्रमका बिचमा विद्यालयमा वितरण गरिएको हो ।
कोषको स्थापना वलीका ३ छोरा तथा ३ छोरी हरुले गरेका हुन । कोष वितरण स्वर्गीय वलीकी सुपुत्री तथा नगरको ५ नं वडामा रहेको महेन्द्र जनता आधारभुत विद्यालय की प्रधानाध्यापक शुसिला कुमारी वलीले गरेकी हुन । हरेक चैत्र २८ गते वलीको स्मृतीका अवसरमा छात्रवृत्ति वितरण गर्ने गरिएको छ । छात्रवृत्तिमा २०,६५० बराबरका शैक्षिक सामग्रीहरु १०० जना विद्यार्थीहरुलाई वितरण गरिएको बताईएको छ । कोष वितरणले विद्यार्थीहरुको पढाई प्रतिको लगावमा हौसला थप्ने विश्वास कोष स्थापनाकर्ताहरुले लिएका छन् ।
कार्यक्रममा वडाध्यक्ष, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, अभिभावकहरु तथा शैक्षिक क्षेत्रका सरोकारवालाहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन विद्यालयका प्र.अ. भुपेन्द्र खड्काले गरेका थिए ।

फेसबुक प्रतिक्रियाहरु
try