विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट युवा संगठन नेपाल रुकुम पश्चिमको अध्यक्षमा विवेक विश्वकर्मा चयन भएका छन । चौथो जिल्ला सम्मेलनबाट विश्वकर्माको नेतृत्वमा २७ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ । जसमा उपाध्यक्षमा महेश बस्नेत, सचिवमा शिव रसाइली, सहसचिवमा रमेश मल्ल र कोषाध्यक्षमा प्रतिभा पौडेल रहेका छन ।
‘दलाल संसदीय व्यवस्थाको विरुद्ध एकीकृत जनक्रान्तिको आन्दोलन, जुझारु संगठन निर्माण र बैज्ञानिक समाजवाद प्राप्तिको निम्ति चौथो जिल्ला सम्मेलन’ भन्ने मुल नाराका साथ मंगलबार उद्घाटन भएको सम्मेलन बुधबार बेलुका सम्पन्न भएको हो । नेकपाका केन्द्रिय सचिवालय सदस्य हेमन्त प्रकाश ओली (सुदर्शन ) ले सम्मेलनको उद्घाटन गरेका हुन ।
फेसबुक प्रतिक्रियाहरु