Post ads Jai Khairawang

भिम बुढाथोकी

ritu ads

संसारका अधिकांश मूलुकहरु पूँजीवादी  र साम्यवादी धारको खेमाको आफ्नो वर्चोस्वको दार्शनिक,वैचारिक,अर्थ-राजनीतिक तथा सांगठनिक कार्य दिशाको विचलनको धरातालिय बाटोलेकेहि दशक अगाडिदेखि क्रोनिकल क्यापिटालिज्मलाई अंगिकार गरेको प्रस्ट देखिन थालेको छ।यद्दपि अझै पनि आफ्नो दर्शन,विचार र सिद्दान्तको कोरा माकुरे आवरणीय  ब्राण्डको खोल भने त्याग्नसकिरहेका छैनन्।विशेष गरी उदीयमान शक्ति रास्ट्रहरु विभिन्न विकासे परियोजनाहरु मार्फ़त अन्तरदेशिय सम्झौता गरेर रानीतिक प्रभाव र अपार प्राकृतिक साधन स्रोतहरुको दोहन गर्ने साम्राज्यकोदाउमा रणनैतिक योजनामा अगाडि रहेको अवस्था देखिन्छ।

ख़ासगरी विज्ञान र प्रविधिको पहूचमा नभएका अथवा विकासको जगबाट माथि उठ्न र उक्सिननसकेका निर्धन तथा गरीव रास्ट्रहरु यो मारमा परिरहेकाछन्। यस्ता खालका तमाम अपाच्य गम्भीरहस्ताक्षरित छापका सन्धी तथा  सम्झौताका अदूर दृष्टीका सहमतिहरुले दशकौ देखि आश्रित वापराधिन हुन वाध्यता पारिएको छ। दशकौ देखि कयौ शक्तिहीन रास्ट्रहरु शक्ति रास्ट्रहरुको अधिनमारहेर अन्यायपूर्ण सम्झौतामा टाँसिएर आफ्नो रास्ट्रिय स्वाधिनतालाई  धरापमा पार्नु परेको तितोयथार्थ ताज़ा छदै छ।अन्तत: देशको सार्वभौमिकता,अखण्डता,रास्ट्रीय स्वाधीनता जस्ता पक्षलाईदीर्घकालीन असर निस्चय नै पार्दछ।आज पूँजीवाँदको विकासमा उदार पूँजीवादले वैक्तियस्वतन्त्रताले खुला बजारमा उत्पादन र उपभोग्य वस्तुमा एकाधिकारको तरंगीय आकार ग्रहणगरिरहेको छ भने अर्कोंतिर साम्यवाद भित्रको राज्य केन्द्रित सामाजवादी पूँजीवादको सामूहिकविकासको समानताको अर्थ-राजनीतिमा उत्पादन र वितरणमा नितान्त नविन क्रोनिक क्यापिटालिज्मको बाक्लो ग्रहण लागेको छ।

हाम्रो भू-जडित धरातालक़ो दुई छेउतिरका शक्तिशाली छिमेकी रास्ट्रहरुको विचमा हुदा माथिउल्लेखित पक्षले हाम्रो यस खालको भौगोलिक बनोटको कारणले पनि राजनीतिक,आर्थिक,सामाजिक-सांस्कृतिक जस्ता प्रणालीमा प्रभाव पार्ने गर्दछ।जुन दशकौ देखिछेमेकी रास्ट्रहरु विच नेपालले पररास्ट्र विचको मैत्रीवत असंलग्नताको नीति र  भाईचाराकोसम्बन्धलाई जोड्दै,बोल्दै आएको छ। मानवीय स्वभाविक इच्छा,चाहना,सामर्थ्य आवश्यकता र समयसापेक्ष जागृत भावनाले यूग बदलिदो आजको एक्काईसौ शताप्दीको ज्ञान विज्ञान र प्रविधिकोउकासले आफ़नो चेतना र कार्य शैलीलाई समेत उजागर गरी संबृद्दीतर्फ उन्मुख गराउदै छ।यसकारणपनि देशको राज्य व्यवस्थामा राजनीतिक प्रणाली मार्फ़त देशको बृहत्तर विकास र संबृद्दीको लागिआर्थिक,सामाजिक सांस्कृतिक, विज्ञान आदिमा अन्तरास्ट्रिय स्तरमा अंगालिएका राम्रा पक्षहरुलाईदेशको विकासमा जोड्दै लिने र थप ज्ञान-विज्ञान,खोज पड्ताल, अनुसंधान तथा अन्वेषणको लागिसक्षम जनशक्ति तयार पार्ने रणनीति नै देश विकासको नीति हुनुपर्दछ।तथापि हाम्रो सापेक्षतामा  चेतनाको उकास,प्रविधिको विकास र अरु स्वभावजन्य प्राकृतिक घटनाहरुको विकासक्रमलाई भनेव्यक्ति,संस्था तथा राज्यले आ-आफ्नो तरीकाले बुझ्ने र परिभाषा गर्ने आद्दतमा परिणत भएकछन्।

वास्तवमा देशको शासकिय नयाँ संरचना सहित व्यवस्थापकिय परिवर्तनले लोकतान्त्रिक शासनप्रणालीलाई बलियो बनाउदछ। नेपाली जनताको त्याग तपस्याको बलशाली ठूलो वलिदानीमा २०४६सालको पहिलो जनआन्दोलन,२०५२ सालको जनयुद्द,२०६२/०६३ को दोस्रो जन आन्दोलन, मदेशतथा थरुहट जस्ता ऐतिहासिक जन आन्दोलनबाट देशमा संघीयता,गणतन्त्र,धर्म निरपेक्षता,समावेशीलोकतान्त्रिक संविधान प्राप्त भएको हो। यद्दपि कतिपय क़ुराहरु अपुरो भए पनि जनताले आशागरेको राजनीतिक परिवर्तन पश्चात शान्ति,स्थायित्व र स्थीरतामा सुशानन ,संबृद्दी र विकास  हो।त्योक़ुराको संस्थागत विकास  र आचरणगत परिवर्तन हुन सक्यो कि सकेन, त्यो नै महत्वपूर्ण पक्ष हो।

देश र जनताको बृहत्तर हित, कल्याण र विकासको मार्गलाई चौडा बनाउन घोषित घोषणा-पत्र मार्फ़तव चा कसम वा सपथ खाएका  राजनीतिक दलहरु आज किनारा लागिरहेकाछन्।करीव २/३ को भारीवहुमत प्राप्त समाजवाद उन्मुख वर्तमान सरकार ग़ैरसंवैधानिक,अलोकतान्त्रिक,निरंकुश एवंस्वेच्छाचारी नाँगो चरित्रले जनताको सार्वभौम संसद विघटन गरी अन्तरास्ट्रिय स्तरमा बदनाम भएकोछ। साहेद यो घड़ीमा राणाकालका जंगवहादुर राणा हुन्थे भने यस खालको दुश्चरित्रको प्रयासदेखाउने हिक्कमत गर्दैनथे होला, किनकी आजको जनता राणा राज्य कालको रैती होईनकि आजजनता सार्वभौम शक्तिको रुपमा छ भन्ने क़ुरा दिनको घाम झै छर्लँग छ। तर पनि सत्ता विवेकलेनभएर सत्ता मोहका कारण अराजक इतिहासकै कालो पर्व भएको छ।

यतिवेला राज्य वा सत्तासिन सरकार शासकको रुपमा नभएर सेवकको रुपमा विकास निर्माणकोअभियानमा सबैलाई केन्द्रित गर्नुपर्ने बेला हो ।जनताको कहालि लाग्दो दैनिकी जीवनलाई हेरेरगास,बास, कपास,शिक्षा,स्वास्थ्य,सुरक्षा र रोज़गारीको अवसरहरु सिर्जना गर्नु पर्ने हो।यो क़ुरामासरकारको ध्यान जाँदैन। वरू सरकार सत्ताको बलमा आफू निकटतम नेता कार्यकर्ता, नातेदार,घरपरिवार,ठूला घरान व्यापारी ,पूँजीपति, नोकरशाह, दलाल पूँजीपति,ठेक्काबाल आदिकोसंलग्नतामा भ्रस्टाचार,कमिसन,घुसखोर आदिले  देशको अथाह ढुकुटी वा सम्पत्ति दोहन गरिरहेकायथार्थ देखिएको छ।देशको महत्वपूर्ण संवैधानिक अंगमा भागबन्डाको जुहारीमा आफ्नो निकटमव्यक्तिको क़ुरा चल्दछ। देश विकास निर्माणको काममा ठेक्का प्रणालीको बोलाबोल हुन्छ।

विकासको महत्वपूर्ण पक्ष शिक्षा,स्वास्थ्य जस्तो क्षेत्रलाई ध्यान दिईएको छैन।अहिले सम्म संघियशिक्षा ऐन तथा नियमावली आउन नसक्नु विडम्पना हो।ग्रामीण दूर-दराजका कुना कन्दराकावस्तिहरुमा  रोजगारमूलक व्यवसायिक कृषि फर्महरु स्थापना गर्न सकिएको छैन। रोजगारीकाअवसरहरु सिर्जना गरिएको छैन।कृषि प्रणालीलाई आधुनिकीकरण गर्न साकिएको छैन। प्रत्येक वर्षश्रमशक्ति विदेशिनु परेको छ। घाटा व्यापार छ।आयातमूखि अर्थतन्त्र छ। प्राकृतिक सम्पदाहरुलाईव्यवस्थित गर्न सकिएको छैन।त्यसैगरी जनताहरु मौलिक आधारभूत स्वास्थ्य सुरक्षाको अधिकारबाटबंचित  भएकाछन्।  प्रत्येक प्रदेशमा MBBBS को पढ़ाई हुने सरकारी अस्पतालहरुको स्थापना हुनुपर्दछ।राजधानी काठमान्डौमा मात्र केन्द्रित गरिदा जनता आर्थिक मारमा परिरहेकाछन्। यहि हो तसामानुपातिक विकासक्रमको समाजवादी मोडेल ? यसरी शैक्षिक माफियातन्त्रको उकुस मुकुसकोजालोबाट सरकार बाहिर आउन सकिरहेको छैन। ग्रामीण वस्तिमा सड़क संजालको पहूच नपुगेकागरीव किसान मजदूरहरुले सहूलियत ऋण  पाउने र धितो राख्नबाट बंचित बनाईएको छ।असाध्यनजिकका आसेपासे आफ्नो परिवार,नाताकुटुम्ले मात्र अवसर पाउदछन।व्यक्ति र समूह स्वार्थबाटदेशको अर्थतन्त्र सिमितिकरण गरिदा साम्यवादको कल्पना भित्रको समाजवादको सामूहिकताकोअर्थ रहन सक्दैन।उत्पादित वस्तु र वितरण प्रणाली व्यक्ति वा समूहमा केंद्रित रहन गयो भने कसरीराज्य केन्द्रित बजार प्रणाली भन्न सकिन्छ ? सरकारको अदूरदृष्टीका कारण आजशिक्षा,स्वास्थ्य,कृषि,यातायात,प्रविधि लगाएत आदिमा गरिएको लगानी तथा मुनाफाले क्रोनीक्यापिटालिज्मको विकास बनायो। केहि व्यक्ति र समूह मात्रको जीवन सुखी बन्न सक्यो।वास्तबमाअहिलेको उदार पूँजीवाद र साम्यवादको परिकल्पनाको पूँजीवादी समाजवादको रूप ककटेल भएरआएको छ। समाजवादमा धनी र  गरीव विचको वर्गिय खाडलको अन्तर विरोधलाई हटाएर सम-न्यायिक सामाजिक अर्थ- राजनीतिक व्यवस्थाको सुनौलो दिन ल्याउने ध्येय हो। सिमित व्यक्तिहरु  रातारात धनि बन्ने सपना देखिरहेकाछन भने गरीवहरु एक पछि अर्कों समस्या गुजारी रहेकाछन् ।अहिलेको कोरोना महामारी विचको जटिल अवस्थामा पनि मानिसहरु भोक भोकै भए पनि विदेशतिरजाने लर्को लागिरहेको छ।जनताको जनधनको सुरक्षामा खासै चिन्ता-चासो दिईएन।असलसुशासनको संस्कृतिको लागि जिम्मेवारीता,पारदर्शिता, जफादेदेहिता जस्ता पक्षहरूलाई सोचिएनभने निश्चय पनि क्रोनिकल क्यापिटालिज्मको झ्याउले देशको विकास र संबृद्दीको द्वार खोल्नसक्दैन।

फेसबुक प्रतिक्रियाहरु