हरिविष्णु ओली
मध्यपश्चिमाञ्चल विश्वविद्यालयले यस पटक स्नातकोत्तर र स्नातकतहको परीक्षाअनलाइन तथा अफलाइन माध्यमवाट सञ्चालन गर्ने निर्णय भए वमोजिम मातहतका चौध वटा आँगिक, दुई ओटा स्वायत्त,एउटा सम्वन्धन प्राप्त र एउटा विशिष्ट कार्यक्रम सहितको विभिन्न क्याम्पसहरुमा परीक्षा सुचारु गरियो ।
२०७७ भाद्र १९ गतेभित्र सम्पन्न गर्ने निर्देशन वमोजिम भाद्र महिनाको १२ गतेदेखि सञ्चालन गरिएको मुसिकोट खलंगा बहुमुखी क्याम्पस,रुकुम पश्चिमको परीक्षा १८ गते समाप्त भएको छ । यस अवधिमातीता मिठा अनुभूतिहरु गर्नपाईयो । त्यसैले पनि जनसमुदाय सँग शेयर गर्न मन लागेको हो । ममानविकी तथा सामाजिक संकाय र व्यवस्थापन संकायका साथीहरु सम्मिलित शिक्षण समितिको प्रमुख छु । यस संकाय अन्र्तगतका शिक्षकरुले स्थानीय निशेधाज्ञा र इन्टरनेटको समस्याका कारण विभिन्न विषयहरुको प्रश्नपत्रहरु पहिले नै मलाई इमेल गरिदिनुभएको थियो । त्यसैले मेरो विषयसँगै साथीहरुको जिम्मेवारी पनि थपिएको थियो । विद्युत र मौसमको कारण नेट नचल्नु र नेटको कारण धेरैजसो दिनहरुमा प्रश्नपत्रहरु समयमै विद्यार्थीहरुलाई इमेल गर्न सकिएन । मेरो घरमै नेपाल टेलिकमको एडीएसएल इन्टरनेट छ । तर धेरै जसो समयमा काम गर्दैन । गरिहाल्यो भने पनि अत्यन्त ढिलो गतिमा काम गर्दछ । आपूmले चाहेको र भनेको समयमा काम गर्दैन । त्यसैले यो समयमापनि गरेन । एक दिननजिकैको आर.सी.मोवाइल पसलमा ल्यावटप वोकेर प्रश्नपत्रहरु इमेलगर्न गएँ । प्रश्नपत्रहरु पठाउने काम पनिभयो । काम त भयो तर अलिहिनतावोध भयो । भेटे जतिले के हो सर भनेर सोध्छन् । टोलवासीभएका नाताले सवैलाई जवाफदिनुपर्ने वाध्यता रहन्छ नै । जवाफदिंदै काम सम्पन्न भयो । त्यहाँ सुविसुको इन्टरनेट थियो । त्यसपछिका दिनहरुमा मोडेल परिवर्तन गरेर एनसेल डेटातिर लागियो । प्रश्नपत्रहरु पहिला नै प्रिन्ट गरेर फोटो स्क्यान गरेर पनि एनसेलवाट इमेल गरियो । एनसेलवाट पैसा धेरै खर्च हुने, पानी परिरहेको कारण डेटा नचल्ने,इन्टरनेटआउने जाने गर्ने भएकोले गर्दा चलाखी गरेर एक दिनपौने आठ वजे पठाउनुपर्ने प्रश्नपत्र साढे सवासात वजेतिर आधा घण्टा अघि नै विद्यार्थीहरुलाई इमेल गरिदिएको थिएँ ।
दुईतीनजना विद्यार्थीहरुले यो ठिक भएनभनेर गुनासो गरे । मलाईपनि गुनासो सहीलाग्यो । निर्धारित समय भन्दा अगाडी प्रश्नहरु पठाउनु भनेको त आउट गर्नु जस्तै हो भन्ने महसुस भयो । भलै यो परीक्षा आन्तरिक मुल्याँकनको लागि क्याम्पसले लिने मिडटर्म परीक्षा थियो । तैपनि परीक्षा त परीक्षा नै हो । त्यसैले अवदेखि समयको पालनागर्दछु भनेर स्वआत्मालोचना गरें । अर्को दिनझन् ठुलो समस्याआईप¥यो । एडीएसएलको त भर थिएन नै,एनसेलको नेटवर्क पनिआएन । विहान छ वजेदेखि हातमामोवाइल र टेबुलमा ल्यावटप राखेर वसिएको छ । आठबज्यो । तर नेटवर्क कसैको आएन । अर्काको घर जानपनि सकिएन । मोबाइल र वाईफाईको सिग्नल हेर्दा हेर्दा आँखा नै दुखिसके । धौ धौ का एघार वजे नेटवर्क आयो र प्रश्नपत्रहरु पठाउने कामभयो । धौ धौ पठाएको प्रश्नपत्रहरु विद्यार्थीहरुले इमेल खोल्न नजानेर मेसेन्जर ग्रुपमा सिकाउनुपर्ने समस्या त कतिहो कतिआइ लाग्यो । स्नातक एवं स्नातकोत्तर तहमा अध्ययनगर्ने विद्यार्थीहरु र जिल्ला सदरमुकामको हविगतत यस्तो छ भने गाउँको हविगत कस्तो होला ? गाउँ गाउँवाट विद्यार्थीहरुले फोन गरेर डेटाको समस्याभएकोले इमेल गर्न सकिएन । म भोलि पठाउँछु । मैले प्रयास गर्न लागेको दश घण्टा भयो । इमेलहुँदैन । यस किसिमकागुनासाहरु आए ।अनलाईन पठनपाठनमा पनि यस्ता समस्याहरु आईरहेका छन् । स्मार्ट फोन वोक्ने र उच्चशिक्षाअध्ययनगर्ने विद्यार्थीहरुलाई त अनलाईन पठनपाठन कठिन भैरहेको छ भने साना कक्षाहरुमा अध्ययनगर्ने वालवालिकाहरुको अवस्था कस्तो होला ?यसकारण अनलाईन कक्षाभनेको शहर वजारकाहुने खानेका छोराछोरीहरुको फेशनमात्रहो भन्दा फरक पर्दैन । दुर दराज र डाँडाकाँडाले भरिएका गाउँघरको लागि यो निकै सकसको विषयभएको छ ।
त्यसैले यस वर्षलाई शुन्य शिक्षावर्ष घोषणा गरिनुपर्छ र स्वत स्फुर्त रुपमाकक्षा चढाउने कामगरिनुपर्छ । घर वसिरहेका शिक्षकरुलाई सरकारले नै विभिन्न कक्षा र विषयका तालिमहरु सञ्चालनगरिनुपर्छ । विषयगत तालिमभन्दा अगाडी सूचना तथा सञ्चार प्रविधि(आईसिटी)सम्वन्धी कम्तीमा एक तालिमको व्यवस्था गरिनुपर्छ । अन्यथा शिक्षकहरुको पनि समय त्यसै खेर जान्छ । यो समयलाई शिक्षक साथीहरुले भरपुर मात्रामा नयाँ विषयवस्तुहरु सिक्नमा प्रयोग गर्न जरुरी छ । तर यसकालागी पैसाको आवश्यकता पर्छ । वन्दावन्दीले सवै वन्दवनाएको छ । शिक्षकहरुले पैसा कहाँवाट जोहो गर्ने ? यो समस्या सरकारले हलगरिदिनुपर्छ । समस्याको हलभनेको शिक्षकहरुलाई पनि मासिक तलव भत्ताभुक्तानीको व्यवस्था हो । आखिर दिनुपर्छ नै । तर शिक्षकहरुलाई मात्र किन चौमासिक ? विद्यालयदेखि विश्वविद्यालयसम्मका शिक्षहरुको समस्या एकै प्रकारका छन् । तलवभत्ताको समस्यापनि एकै किसिमको छ । यसलाई छिटो भन्दा छिटो हल गर्न तीनै तहको सरकारलाई अनुरोध छ । शिक्षहरुको उच्च सम्मान विना समाजको विकास र समाजवादको उदयहुन सक्दैन । सहीद,तपाई र हामीले देखेका सपनाहरु पनि यर्थाथमा परिणत हुन सक्दैनन् । ती र यी सपनाहरु अधुरै रहेको देख्दा कम्युनिष्ट नेताहरुलाई सोध्न मन लाग्छ । कक्षानौमा पढ्दादेखि सुन्न र भन्नथालेको जनवादी र वैज्ञानिक शिक्षा कता गयो होला ? हामीले विद्यार्थी जीवनमा बुर्जुवा सत्ताको विरुद्धमा हानेको ढुँगा सही होला कि गलत होला ? यस्तो कठिन परिस्थितिमा पठनपाठनको जिम्मेवारीवोध गर्ने विद्यालयदेखि विश्वविद्यालयका शिक्षकहरुलाई अन्य कर्मचारीहरु भन्दाकम्तीमा डेढ गुणा तलवभत्ता उपलव्ध गराउँदा के होेला ? सहीहोला किन होला ? तीनै तहका शासकहरुले छलफल गर्दा कसोहोला ? सरकारकाप्रतिनिधिहरुको उपस्थितिमाशिक्षक संघ संगठनहरुले यस विषयमा दबाव मुलक भरच्युयल छलफलहरु चलाउँदा अतिउत्तम होला । लेखक ओली क्याम्पसमा उपप्रध्यापक तथा त्रिभुवन विश्वविद्यालयबाट जनसंख्याविषयमा पीएचडी अध्ययनरत छन ।