ताराप्रसाद खड्का (रेडस्टार)
त्रिवेणी गाउँपालिका, १० रुकुम पश्चिम
हाल खलंगा जाजरकोट
याद आउँछ मलाई मेरो गाउको,
म जन्मेको हुर्केको सुन्दर ठाउको ।
टर्च लाइट बालेर हिडेको त्यो रातीको
अनी मेरा ति शैसबकालका साथिको ।
मेरो घर अगाडिको खरिको छहारीको
घर पुर्वतिर रहेको बांसको घारीको ।
याद आउँछ गाउँ नजिकै रहेको छहराको
गाउँमा बर्षायाममा बनाका ति टहराको ।
आद आउछ हिउँदयाममा काफल खादाको
वर्षायाममा पानिमा भिज्दै स्कुल जाँदाको ।
वनभरी चिर्विर् गर्ने ति चराचुगींहरुको
मेरा ति प्यारा प्यारा साथि संगीहरुको ।
वर्षायाममा वारी र बादलमुनि लुकेको पारिको
याद आउछ मलाइ ति मकै बारीको ।
गाउँको उत्तर तिरर्को जंगलका लहराको
गाउ नजिकैका रहेको त्यो विशाल पहराको ।
साथीसंग खेल्दाखेल्दै घंन्टौसम्म म हराको
हर्षका आंसु झार्दै बा, आमाले कराको ।
याद आउछ मलाइ गांउका ति भाकाको
गाउका वाल बच्चा अनि ति बुढा पाकाको
याद आउँछ वसन्तमा गुरास फुल्दाको क्षण
शरद रितुमा देउसी भैलो खेल्दाको त्यो क्षण। ।
याद आउछ उनीलाइ मैले मनमनै मन पराको ।
सबैले जिस्काउदा लजाको तर भन्नलाइ डराको ।
आफ्नो गाउँलाइ चटक्क भुलेकोनी छैन मैले ।
गर्दै छु देशको सेवा बेवारिसे डुलेकोनि छैन अहिले ।
आजकाल मेरा स्मृतिमा आउँछ मेरो गाउ जहिले ।
म त्यस्तै देख्छु मेरो गांउ जस्तो थियो पहिले ।
आज मैले गांउ छोडेको आठ बर्ष भएछ ।
सम्झदा नी ति दिनहरु मनमा हर्ष भएछ ।
मैले धर्तिलाइ पहिलो चोटी पाइला टेकेको ठाउको
मेरा आँखाले पहिलो चोटी संसार हेरेको ठाउंको ।
मेरो फोक्सोले पहिलोचोटी श्वास फेरेको ठाउको
सिक्न खोज्दा पहिलोचोटी कलमले केरेको ठाउंको।
आद आउछ मलाइ जहा म खुशीसाथ हुर्कियको ।
कहिले खुशि हुदा दुइ फिट माथि उफ्रिएको ।
याद आउँछ मलाइ स्कुलमा प्रथम हुदाको क्षण ।
अझै राते टिकाले गुरुले निधारमा छुदाको क्षण ।
याद यति धेरै आउछ मलाइ आजकाल ।
ति यादहरुले खुब सताउछ मलाइ आजकाल ।
याद आउछ मलाइ मेरो गांउको
म जन्मेको हुर्किएको सू्न्दर ठांउको ।