Post ads Jai Khairawang

बसन्त शर्मा ‘कुशल’
अहिले विश्व कोभिड– १९ को माहामारीले आक्रान्त छ । यो लेख तयार पार्दा सम्म विश्व भरीमा २ करोड ४६ लाख ६० हजार ५ सय ५० जना संक्रमित भैसकेका छन भने ८ लाख ३६ हजार ३ सय २७ जनाको मृत्यु भैसकेको छ । विश्वमा संक्रमित मध्य १ करोड ७१ लाख १७ हजार १ सय ४१ जना सञ्चो भएका छन् । नेपालमा ३६ हजार ४ सय ५६ जना संक्रमित भएका छन भने १९५ जनाको निधन भैसकेको छ । नेपालमा संक्रमित मध्य २० हजार २ सय ४२ जना सञ्चो भई घर फर्किएका छन् । यसको संक्रमन र मृत्युको दर दिनानुदिन बढ्दो क्रममा छ । सन् २०१९ को डिसेम्वर ( २०७६ मंसिर) मा चिनको हुवेई प्रान्तको राजधानी वुहानमा उत्पत्ति भै फैलिएको यो महामारीले हाल २१३ मुलुकहरुलाई आक्रान्त पारीसकेको छ । यस विरुद्ध खोपको परिक्षण विभिन्न मुलुकहरुले गरिरहेको भएता पनि यसको प्रमाणिकता अझै हुन सकेको छैन् । विश्व स्वास्थ्य संगठनका अनुसार यो महामारी नियन्त्रणमा आउन दुई वर्ष लाग्ने अनुमान छ । यो महामारीले विश्व व्यापी रुपमा मानव संहार त भैरहको छ नै यसका अलावा विश्व अर्थतन्त्रलाई नै धरासायी गरिरहेको छ । यो महामारीले विश्व मानव समुदायलाई दशौं वर्ष पछि धकेल्ने स्थिति देखिएको छ ।

ritu ads

यो कोभिडले ठूलो मानविय क्षती, आर्थिक र सामाजिक अवस्थालाई नराम्रोसँग असन्तुलित गर्दै चरम आर्थिक र सामाजिक संकट उत्पन्न गर्दै छ । ठूलो श्रम शक्तिलाई वेरोजगार वनाई उत्पादकिय भूमिकावाट विमुख गर्नाले उत्पादनको क्षेत्रमा हा¥स आउने र भोकमरीको भयावह स्थिति आउन सक्छ । मानिसहरु वेरोजगार हुनाले उनिहरुमा अभाव र त्यसले विभिन्न सामाजिक विकृतिहरु वढ्ने र जसकाकारण सामाजिक व्यवस्थामा पनि नकारात्मक प्रभाव पार्ने देखिन्छ । मानिसहरुमा मनोरोग, निराशा, व्यभिचारी, डिप्रेसन र आत्महत्या जस्ता विकारहरुको पनि वढोत्तरी हुने संभाना प्रवल छ । यो महामारीले मानव समुदाय र विश्वका सवै धनि र गरिव, विकसीत र विकासशिल, शक्ति सम्पन्न र विपन्न तथा सवै साम्राज्यवादी र पूँजीवादी मुलुक र शासकहरुलाई महत्वपूर्ण शिक्षा प्रदान गरेको छ । यि शिक्षाहरुलाई ग्रहण गर्न सके भोलीका दिनहरुमा आउन सक्ने यस्ता महामारी रोग र संकटहरुको सामना गर्न सजिलो हुने छ । त्यस्ता शिक्षाहरु यस प्रकार रहेका छन् –

१) पूँजीको प्रयोग सम्वन्धि शिक्षाः यो कोभिड– १९को महामारीले अहिलेको विश्वमा पूँजी केन्द्रित गर्ने विश्वका सवै शक्तिशाली, पूँजीवादी मुलुक र शासकहरुको परम्परागत सोंचमा ठूलो हमला गरेर पूँजीको प्रयोग वारे महत्वपूर्ण शिक्षा प्रदान गरेको छ । यिनिहरुको पूँजीको केन्द्रिकरण वाहेक अरु केहि पनि नसोच्ने चिन्तनमा शसक्त ढंगले धावा बोलेको छ । यो महामारीले अरवौं सम्पत्ति भएकालाई पनि नछोडेकाले के शिक्षा प्राप्त भएको छ भने असिमित पूँजीको सञ्चय गर्नु भन्दा त्यसको सर्वागीन उपयोग गर्दै मानव स्वास्थ्यको क्षेत्रमा निरन्तर प्रयोगको आवश्यक्ता वोध गराएको छ । कुनै पनि मुलुकले स्वास्थ्य क्षेत्रमा प्रयाप्त वजेट छट्टयाउनु पर्ने गहिरो शिक्षा प्रदान गरेको छ । कुनै पनि व्यक्तिले आफ्नो जीवनको समग्र विकासको पक्षलाई ध्यान दिनुका अलावा पैंसा भए सवथोक पुग्छ वा जस्तासुकै महामारी रोगहरुको पनि पैंसाले सामना गर्न सकिन्छ भनेर पैंसा मात्र आर्जनमा ध्यान दिने पूँजी केन्द्रित सोंचलाई कोरणाले नराम्ररी हमला ग¥यो । अरवपतिलाई पनि कोरणाका अगाडी केहि उपाया चलेन र साना– साना सरसफाई देखीका व्यवहारीक विषयहरुमा पनि ध्यान दिनुपर्ने शिक्षा यसले दियो ।

२) राज्यले स्वास्थ्यमा लगानीको वृद्धि गर्नुपर्ने शिक्षा यो महामारीको अर्को महत्वपूर्ण शिक्षा हो । आजका विश्व महाशक्तिका रुपमा चिनिएका मुलुकहरुले व्यापारीक वस्तुहरु, उद्योग धन्दा र आनविक शस्त्राअस्त्रको उत्पादनमा मात्र जोड दिइरहेको सन्दर्भमा यो महामारीले स्वास्थथ्य क्षेत्रमा विशेष लगानी गर्नुपर्ने आवश्यक्ता वोध गराएको छ । अमेरिका जस्तो शक्ति राष्ट्रले पनि यो महामारीको जुन हालतमा सामना गर्नु परिरहेको छ, यसले मानव जीवनका समग्र पक्षहरुसँगै सामाजिक स्वास्थ्यमा विशेष लगानी गर्नुपर्ने आवश्यकताको गंभिर ढंगले महशुस गराएको छ ।
३) आधुनिकताका नाममा विकसीत भएका हाम्रा पछिल्ला संस्कारहरुमा पनि उचित ध्यान दिनुपर्ने शिक्षा यो महामारीले दिएको छ । मानिसहरुको विचमा ढोकभेट देखी गरिने अन्य शिष्टाचार एवं भावनात्मक व्यवहार प्रदर्शणमा समेत केही सीमाहरु निर्धारण हुन पुगेका छन् । एकआपसमा अंकमाल गर्ने, हात मिलाउने, एक आर्काको जुटो खाने, कामकार्वाहीमा निश्चित सीमाभित्र समूहकार्य गर्ने, उचित तरिकाले हात धुने देखी मास्क लगायतका सुरक्षात्मक सामाग्रीहरुको उपयोगको परिवेश सृजनाले यि कुराहरुको अभावमा उत्पन्न हुने अन्य कयौं रोगहरुको मात्रा घट्न गएको छ । यि मानविय जिवनचर्या र साँस्कृतिक व्यवहारका पक्षहरु पछि सम्म पनि अवलम्वन गर्ने सँस्कारको विकास गर्नुपर्ने र यसले मानव स्वास्थ्यमा फाइदा हुने शिक्षा प्राप्त भएको छ ।
४) हाम्रो रहनसहन, वसाई उठाई र सामाजिक कार्यमा पनि महत्वपूर्ण शिक्षा मिलेको छ । निश्चित भौतिक दुरी कायम गरी वसउठ गर्ने, स्वच्छ सफा हात, शरिर र वातावरणमा खानपीन गर्ने, स्वास्थ्यवर्धक ढंगका कोठाहरुमा वस्ने वातावरण निर्माण गर्ने, निश्चित सीमा र समुह भित्र सवैखाले सहकार्यहरु, लेनदेन र आपसी सहयोग आदानप्रदान गर्ने, मर्दा पर्दा र खुशीयाली साट्दा आदि समयमा पनि निश्चित सुरक्षात्मक प्रवन्धहरुमा ध्यान दिनुपर्ने आदि विषयहरु मानव जीवनमा सदैव आवश्यक र फाइदाजनक विषयहरु हुन भन्ने शिक्षा प्राप्त भएको छ ।

५) कोभिड– १९ ले मानिस सवै समान हुन भन्ने तथ्य पनि उजागर गरेको छ । धनी गरिव, उँच नीच, जाती, धर्म र वर्गका आधारमा कुनै पनि सामाजिक विभेद नराखी सवैलाई कोरणाले समान व्यवहार गरेको छ । सुरक्षात्मक प्रवन्धहरुमा वेवास्ता गर्ने जो कोही पनि यो रोगको शिकार भएका छन् । यो रोगले सवै मानिसहरु वरावर नै हुन, जतिपनि विभेदकारी प्रावधान छन् ति सवै मानव निर्मित पक्षहरुमात्र हुन भन्ने शिक्षा प्रदान गरेको छ । भौतिक दुरी कायम राख्नु, मास्क, सेनीटाईजर, नियमित हातको सफाई लगायतका सुरक्षात्मक विधिको पालना तथा निर्धारित सुरक्षात्मक प्रवन्धहरुको अवलम्वनमा जती अनुशासन कायम राख्न सकियो त्यती नै यो महामारीवाट वच्न सकिने र यस उपर विजय प्राप्त गर्न सकिने कुरालाई चीनको अभ्यासले राम्रो सँग पुष्टी गरेको छ भने जहाँ स्वतन्त्रताको नाममा ति पक्षहरुको उलंघन गरियो त्यहाँ यो महामारी अनियन्त्रीत हुन गएको तथ्यहरुले यो महामारीले सवैलाई समान ढंगले आक्रमण गर्ने र विधि तथा अनुशासनमा वाँधिदा यस उपर विजय प्राप्त गर्न सकिने अनुभवले अराजकता, स्वच्छन्दता र विभेद जन्य व्यवहारका विरुद्ध समानता, आत्मानुशासन र कर्तव्य पालनामा हित हुने शिक्षा प्रदान गरेको छ ।

६) मानविय जीवन शैली, खानपीन र रहनसहनमा पछिल्लो कालमा छोडीएका कयौं विषयहरुको पुनःप्रयोगको र त्यसको वैज्ञानिकताको पनि पुष्टी भएको छ । भने कयौं नयाँ विकसीत प्रविधिहरुको सदुपयोगको व्यवहारीक शिक्षा प्राप्त भएको छ । जस्तो कि भौतिक दुरी सहितको आपसी सहकार्य, रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने कयौं परम्परागत र अर्गानिक खानपान, परिवारका सवै सदस्यहरुको विचमा आत्मीय र आपसी सहकार्य सहितको व्यवहार एवं वसोवास, निश्चित समूह भित्र सवै प्रकारका कामहरुमा सहकार्य जस्ता कुराहरुमा वढावा दियो भने आधुनिक प्रविधिको प्रयोग रोगका विरुद्ध राम्रो ढंगले प्रयोग गर्नुपर्ने शिक्षा प्राप्त भयो । जस्तो कि चीनले आइसोलेसनमा रहेका विरामीहरुलाई विविध सामाग्री र औषधीहरु ड्रोनवाट आपूर्ती गर्नु र यस्ता अन्य उपकरण र सामग्रीहरुको उपयोग, विभिन्न सूचना प्रविधिका साधनहरुको सदुपयोगको शिक्षा राम्रो ढंगले प्राप्त भएको छ ।
अतः कोभिड– १९ को विश्व महामारीले मानव जातीको नरसंहारकारी, आर्थिक संकट र सामाजिक वातावरणको क्षेत्रमा ठूलो नकारात्मक प्रभाव पारेको छ । एकातर्फ सिंगो विश्व समुदायलाई नै गंभिर ढंगले क्षती पु¥याउने काम ग¥यो भने अर्को तर्फ यो महामारीको प्रकृतिले मानविय जीवन व्यवहारका कयौं पक्षहरुमा महत्वपूर्ण शिक्षाहरु दिएर आगामी दिनहरुमा यस्तो खाले महामारी र संकटहरुसँग जुध्न ध्यान दिनुपर्ने गंभिर शिक्षाहरु पनि छोडेको छ ।

 

 

फेसबुक प्रतिक्रियाहरु