सोनु खड्काका ९ मुक्तक

Byआहा सञ्चार

२०७७ श्रावण १४, बुधबार १६:००


१,
प्रेमको सफरले अन्त कतै मोड लिएको हुन्छ
त्यतिखेरै यो मनले पनि के के सम्झिएको हुन्छ
थाहा छैन, प्रिया हामी दुई छुट्नु पो पर्ने हो कि ?
आजभोली सपनीमा तिम्रो सिउँदो रंगिएको हुन्छ

२,
यादमा डुबेर तस्बिर छुनु भाग्यमा रहेछ
केही पल हाँस्नु धेरै पल रुनु भाग्यमा रहेछ
प्रेम गर्दा सातै जुनि संगै बाँच्ने भनी गरेपनी
जीन्दगीमा केही क्षण संगै हुनु भाग्यमा रहेछ

३,
बनाएर दुनियाँलाई दंग फेर्न आउदैन
नहोस् भनी अरुको खुसि भंग फेर्न आउदैन
मलाई भ्यागुतो हौं भन्यौ एकदम ठिक छ
तिमी जस्तो छेपारो बनेर रंग फेर्न आउदैन

४,
भएपनी अनेकौ रहर,बसाउन सकिन
आईदिदा भय अनि डर, बसाउन सकिन
अरुले चन्द्रमामा बस्ती बसाउदै आँट्दा
मैले यता पिरतिको घर बसाउन सकिन

५,
निर्णय हुनेछ सारै कमसल अन्तिम हुनेछ
लाग्नेछ जीवनमा कालो बादल अन्तिम हुनेछ
अर्कैको अंगालोमा तिमिलाई देख्नु परेको
मेरो लागि सम्झ त्यो पल अन्तिम हुनेछ

६,
हुन्छ निरन्तर मुटु दुख्ने काम,धोका रहेछ ।
पाउदैनन् आँखाहरुले आराम, धोका रहेछ
बिश्वास गरेकै मान्छेले बिचमै छोडेर जान्छन्
प्रेम भन्ने जिनिसको अर्को नाम,धोका रहेछ

७,
छैन रैछु त्यो दिलको नजिकै,बोझ भएको रहेछु
घृणा पनि गर्यौ यार अधिकै,बोझ भएको रहेछु
तिम्रो खुसीको एक हिस्सा बनेको छु सोचिराथे
निकालिदियौ दिलबाट यत्तिकै,बोझ भएको रहेछु

८,
यो दिलले अरुलाई नै सजाउछ,के पिर भो र ?
झन यस्तै खेल खेल्न मजा आउँछ,के पिर भो र ?
तिमिले मुटुमा घाउ नै बनाएर गयौ मतलब भएन
अर्को मान्छे आउँछ मलम लगाउँछ,के पिर भो र ?

९,
जीबन चलाउने आधार खास नभएको
खुसी भन्ने चिजको झन आभास नभएको
ए दुनियाँ हो म त्यही एउटा अभागि फुल हुँ
हेर्दा मा राम्रै तर आफैमा सुवास नभएको

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto