रमेश खड्काका १० मुक्तक

Byआहा सञ्चार

२०७७ श्रावण १४, बुधबार १२:५९

१,
निराशपूर्ण थियो मेरो कहानी हेरिरहें ।
एक अर्काले मज्जा मानी मानी हेरिरहें ।
दुःखपर्दा साथ देलान् भनेका आफ्नहरुले।
मेरो संसार, सर्वस्व लुटिदानी हेरिरहें।
२,
सच्चा विश्वास पूर्ण गतिशील प्रेम छुटाइन्छ ।
हुँदा पनि निकै मुस्किल प्रेम छुटाइन्छ ।
मागी बिहेको नाममा प्रेम जोडीलाई पीडा दिई।
टूटाँईन्छ बेस्सरी कसिएका दिल प्रेम छुटाइन्छ ।
३,
तिमी र मैले जीउने एउटा त्यस्तो पल होस्।
मज्जाको होस्,मिठो होस् साथै कुशल होस्।
धनाढ्य अनि बहुचर्चित नै बन्न नसकिए पनि।
कर्म अनुसार सफल होस्,मन असल होस् ।

४,
जब पीडा हुन्छ याद आउँछ निकै तस्बिर हेर्छु ।
सँगै भए झै लाग्छ,लाग्छ छु नजिकै तस्बिर हेर्छु।
नत भेट्न सकिन्छ नत बोल्न सकिन्छ चाहेर नै।
तरपनि तिम्रो नाम सुन्न बित्तिकै तस्बिर हेर्छु।
५,
खुसी बनाउलान् भनेकाहरूले पिर बनाउँछन्।
बहकाउँछन् मनलाई झनै गम्भीर बनाउँछन्।
नसम्झनु अब फर्केर कहिल्यै आउँदिन भन्नेहरुले।
मुटुमा बसी जान्छन्, अविस्मणीय तस्बिर बनाउँछन्।

६,
सबैले गर्छन् अनि गर्नुपर्छ भन्ने कर जस्तै लाग्छ।
बालबालिकालाई बिहे कुनै रहर जस्तै लाग्छ।
बिहे पछि भविष्यका लक्ष्यहरू मेटिदै जाँदा।।
जीन्दगी पनि जीन्दगी लाग्दैन इरेजर जस्तै लाग्छ।

७,
चाइयो भन्यौं कागजी भरपाई लेखेर दिएको हुँ।
दिन नमान्ने पागल मन तन्काई लेखेर दिएको हुँ।
पुग्नु छ टाढा, रोज्नुछ राम्रो मान्छे भन्ने कुरा सुनायौ।
सम्बन्ध विच्छेदको कागज नडराई लेखेर दिएको हुँ।

election adv.

८,
कित कसैको छोड्नै नसक्ने संगत पाएकी छौं।
नत्र निकै फाइदाजनक राहत पाएकी छौं।
पहिला कहिल्यै यस्तो थिएनौं तिमी जस्तो आज छौं।
छिट्टै भन त्यो पेसामा कति प्रतिशत पाएकी छौं।

९,
चिटिक्क सजिएको त्यो सुन्दर संसार बिग्रियो।
बचाउनलाई निकै प्रयास भयो तर लगातार बिग्रियो।
बिहेमा गाडी अनि पैसाको वर्षा नभएकै कारण।।
इमान्दार अनि संस्कारी छोरीको घरबार बिग्रियो।

१०,
हेर्दै जानुस् सुन्दै जानुस् हरेक गर्छु भन्छन्।
सुख दुःखमा साथ दिन्छु अनेक गर्छु भन्छन्।
गरिब जनताकै पसिनाले पेट भर्ने नेताहरुले।
गरिवकै लागि मर्छु उस्कै रेखदेख गर्छु भन्छन।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto