आहा मुक्तक : तिलक शिर्पाली

Byआहा सञ्चार

२०७७ असार ३१, बुधबार १३:२२

तिलक शिर्पाली
सानीभेरी, रुकुम पश्चिम

१,
बढ्दै छ अझै भोकमरी,बाँच्ने कसरी
गरेनी काम पुगेन दिनभरि,बाँच्ने कसरी
सरकारले गरिबलाई राहत बितरण गर्दा,
बाहना लाग्छ सबले अनेकथरी,बाँच्ने कसरी

२,
गरेरै देशमा कुटो कोदालो,पेट पाल्नु छ
भए पनि सधैं उकालो,पेट पाल्नु छ
आफ्नो जीवन सुःखी अनि सन्तुष्ट बनाउनलाई
बरु गर्ने छु सधैं गोठालो,पेट पाल्नु छ

३,
दिएरै मलाई पीडा हजार,टाढा भएकी हो
न बाँच्ने न जीउने आभार,टाढा भएकी हो
माया गर्नु गल्ती सम्झदा सधै उसले मलाई,
गल्ती मात्रै लगाई बारम्बार,टाढा भएकी हो

४,
झरेको छ आँसु अनि पिर,तिम्रै कारण
टाढा हुन पुर्यौ आखिर,तिम्रै कारण
हिजो अस्ति सधै तिम्रो लागि धाउने मान्छे,
एक्कासी छोड्ने बनायो मन्दिर,तिम्रै कारण

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto