आहा सञ्चार संबाददाता
रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा ३ वटा वडा सिल गरिएको छ । नगरमा कोरोना भाईरस वाट संक्रमित नागरिकको संख्या वढे संगै वडा नम्वर १ ,२ र ३ नम्वर वडालाई सिल गरीएको हो । नगरले एक सुचना प्रकासित गरि वडा सिल गरिएको जानरी गराउदै सिलगरीएको क्षेत्रमा कोही कसैले प्रतिवन्धित कार्य गरेको पाईएमा संक्रामक रोग ऐन अनुसार कार्वाही गरीने व्यहोरा समेत जानकारी गराईएको छ । उक्त वडाबाट बुधबारमात्र ९ जना ब्यक्ति संक्रमति भएको रिपोर्ट आएको थियो । सिल गरिएको वडामा अत्यावसकिय काम वाहेक सवारी साधन चलाउन मानिसहरुको आवतजावत र व्यापार व्यावसाय पुर्ण रुपमा वन्द गर्न सुचनामा भनिएको छ । थप जानकारीका लागि नगरपालिकाले जारी गरेको सूचना माथी हेर्नुहोला ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto