आहा सञ्चार
रुकुम पश्चिममा नेपाली सेनाले कोरोना भाइरस रोकथाम, नियन्त्रण र उपचारका लागि २० बेडको क्वारेनटाइन तयार गरेको छ । रुकुम पश्चिम सदरमुकाम सल्ले स्थित नेपाली सेनाको नरसिंह दलगणले क्वारेनटाईन तयार पारेको हो । गणपति दिनेश गौतमका अनुसार कारोना भाइरस रोकथामका लागि सेनाले कार्यालय परिसरमा क्वारेनटाइन निर्माण देखि चेकजाँचमा पनि खटिरहेको छ । नेपाली सेनाले सल्ले बिमानस्थलमा स्वास्थ्य चेकजाँच पोष्ट स्थापना गरेको छ भने जिल्लाका अन्य बिभिन्न ठाउँमा स्वास्थ्य संस्था तथा स्थानीय सरकारहरुको समन्वयमा चेकजाँचमा सहयोग गरिरहेको छ ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto