आहा सञ्चार
बिश्वब्यापी समस्या बनिरहेको कोरोना भाईरस रोकथाम र नियन्त्रणमा सहयोग गर्ने उदेश्यका साथ रुकुम उद्योग बाणिज्य संघले बजार बन्द गर्ने निर्णय गरेको छ । भोली (चैत्र ११) देखि २२ गते सम्म जिल्ला सदरमुकाम तथा जिल्लाभर रहेका ब्यापारीहरुलाई पसल बन्द गरेर सहयोग गर्न अनुरोध गरेको छ । संघका संयोजक पलबहादुर खड्काद्धारा हस्ताक्षर भएको प्रेस बिज्ञप्ती जारी गर्दै यस्तो जानकारी गराईएको हो । तर अत्याआवश्यक सामाग्री आफु सुरक्षित भएर बिक्रि बितरण गरेर सहयोग गर्न र कालोबजारी तथा कृतिम अभाब नगर्न समेत सचेत गराएको छ ।
फेसबुक प्रतिक्रियाहरु