आहा सञ्चार
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले अत्यावश्यक वाहेकका भेटघाट वन्द गरेका छन । कोरोना संक्रमणको जोखिम कम गर्न अत्यावश्यक वाहेकका भेटघाट आजदेखि वन्द गरिएको मुख्यमन्त्री शाहीका राजनीतिक सल्लाहकार भिमप्रकाश शर्माले जानकारी दिए । मुख्यमन्त्री शाहीले कोरोना भाईरस (कोभिड–१९)ले निम्त्याएको संकटको सामाधानका लागि उच्च सावधानी अपनाउन सर्वसाधारण नागरिकलाई आग्रह समेत गरेको सल्लाहकार शर्माले वताए । संक्रमणवाट जोगिन प्रत्येक नागरिक आफैले पनि उच्च सावधानी अपनाउन, अनावश्यक हिडहुल नगर्न, भेटघाट तथा सम्पर्क नगर्न, भिडभाड तथा वजारमा नजान र स्वास्थ्यसंस्था तथा स्वास्थ्यकर्मीले दिएको सुझाव अवलम्वन गर्न पनि मुख्यमन्त्री शाहीले आग्रह गरेका छन । कोरोना भाईरसको रोकथाम र नियन्त्रणका लागि प्रदेश सरकार गम्भिरताका साथ लागिरहेकोले अनावश्यक हल्लाको पछि नलाग्न र त्रसित नहुन पनि मुख्यमन्त्री शाहीले अनुरोध गरेका छन ।
