आहा सञ्चार
रुकुम पश्चिमका सबै सरकारी कार्यालयमा अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले आईतबार एक सूचना जारी गर्दै कोभिड १९ संभावित जोखिम, रोकथाम तथा नियन्त्रणका लागि कार्यालयबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको बताएको छ । प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडलद्धारा जारी भएको सूचनामा जिल्लाका सबै कर्मचारीहरुलाई भने कार्यालयमा नियमित उपस्थित हुन जानकारी गराएका छन । त्यस्तै जिल्लाका सबै स्थानीय तहहरुले पनि बिज्ञप्ती जारी गर्दै कार्यालयबाट अत्यावश्यक बाहेकका अन्य सबै सेवा बन्द गरिएको जानकरी गरेका छन ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto