आहा सञ्चार
मुसीकोट नगरपालिका रुकुम पश्चिमको छैटौं नगर सभा सम्पन्न भएको छ । नगरपालिकाको वडा नम्बर ५ सेरीगाउँमा रहेको शहिद प्रतिष्ठानको सभाहलमा बिहीबार शुरु भएको नगर सभा शुक्रबार सम्पन्न भएको हो । दुइदिन सम्म चलेको सभाले महत्वपूर्ण निर्णयहरु र बिभिन्न कार्यविधि समेत पारित गरेको नगरपालिकाले जानकारी दिएको छ । नगरसभाले हालसम्म नगरपालिकाको संचित कोष, एकल खाता कोष तथा अन्य स्रोतबाट प्राप्त भएको रकम तथा भएको खर्च तपशिल बिश्लेषण गर्दै पूजिगत खर्च बढाउन कार्यपालिकालाई आवश्यक कार्य गर्न सचेत गर्ने निर्णय गरेको छ । त्यस्तै यस आर्थिक बर्षका केहि योजनाहरु संचालनमा नआएपछि रकमान्तर गरेर नयाँ योजनाहरु समेत पारित गरेको छ । आर्थिक ऐन, २०७६ को दफा ३ १, २ र ३ अन्र्तगतको सिमाभित्र रहि केहि योजना तथा कार्यक्रमको बजेट रकम अन्य योजना तथा कार्यक्रम रकमान्तर गरिएको मुसिकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नरबिर खड्काले जानकारी दिए । बिभिन्न २० वटा योजना तथा कार्यक्रमहरुरुको बजेट रकमान्तर गरेर अन्य योजना तथा कार्यक्रमहरुमा राखिएको छ । त्यस्तै ननगरपालिकाको संचित कोषमा भएको एक करोड रुपैयाँ बिभिन्न योजना तथा कार्यक्रमको लागि बजेट विनियोजन गरी पुरक विनियोजन विधेयक पास गर्ने निर्णय गरेको छ । जस अन्र्तगत बिभिन्न ४० वटा योजना तथा कार्यक्रममा बजेट बिनियोजन गरिएको छ । नगरसभाले बिभिन्न ३ वटा बिधेयक तथा नीति समेत पारित गर्ने निर्णय गरेको छ । जसमा मुसिकोट नगरपालिका कृषि विधेयक, २०७६, लघु घरेलु तथा तथा साना उद्योग विधेयक, २०७६ र सहकारी ऐन, २०७४ संशोधन र स्वास्थ्य नीति,२०७६ रहेका छन ।
नगरसभाले गत आर्थिक वर्षमा संघीय विशेष अनुदान मार्फत सन्चालन भै कार्य सम्पन्न नभएका बिभिन्न योजनाहरुको वाँकि रकम भुक्तानि गर्न संघीय सरकार समक्ष अनुरोध गर्ने र संघीय सरकारबाट आवश्यक वाँकि रकम प्राप्त नभएमा कार्यपालिकाले आवश्यक बजेट व्यवस्था गर्न निर्देशन गर्ने निर्णय गरेको नगरप्रमुख देबिलाल गौतमले बताए । उनका अनुसार सभाबाट गाँउ सभा र नगर सभा कार्यविधि ऐन, २०७५ को दफा १७ अनुसार हुने गरी प्रेमकुमारी सुनार के.सी. पदेन उपाध्यक्ष रहेको एक ८ सदस्सीय एक समिति पनि गठन गरेको छ । त्यस्तै नगरसभाका बिभिन्न विषयगत समिति पनि गठन गरिएको छ । नगरसभामा प्रदेश सभा सदस्य माननीय रातो कामी र देबी ओली तथा जिल्ला समन्वय प्रमुख राजकुमार शर्माको विशेष उपस्थीति रहेको थियो । प्रतिनिधि सभा सदस्य एबं पुर्वमन्त्री जनार्दन शर्माले भिडियो सन्देश मार्फत सभालाई विशेष सम्वोधन समेत गरेका थिए ।