बल बहादुर खत्री
रुकुम पश्चिम बाँफिकोट गाउँपालिका वडा नंम्वर २ मा रहेको एक सहकारीले अनुदानमा मौरी पालक किसानलाई मौरी सहितका घार वितरण गर्ने भएको छ । वडामा रहेको मेलगैरी सहकारी संस्थाले मौरी सहितका घार अनुदानमा वितरण गर्ने भएको हो । वडामा मौरी पालनको राम्रो सम्भावना भएकाले मौरी व्यवसायिकलाई व्यवस्थीत गर्नको लागि ५० प्रतिशत अनुदानमा मौरी गोला सहितको घार वितरण गर्न लागिएको सहकारीले संस्थाले जनाएको छ । सहकारीले सहकारीका शेयर सदस्य लगायत अन्य मौरीपालक कृषकलाई पनि मौरी सहितको घार वितरण गरिने मेलगैरी सहकारी संस्थाका अध्यक्ष गोर्कण केसीले जानकारी दिए । सहकारीलाई कृषि ज्ञान केन्द्रले मौरी सहितको घार वितरण गर्नको लागि करिब ९ लाख रुपैयाँको मौरी सहितका घार उपलब्ध गराएको छ । वडामा वर्षेणी राम्रो मह उत्पादन हुने गरेको छ । वडाका मौरी पालक किसानले परम्परागत घारमा मह उत्पादन गर्ने गरेको छन् । सहकारीलाई आधुनिक घारको प्रयोगलाई जोड दिने र मौरी पालन व्यवसायिकतामा आधुनिकता भित्र्याउन मौरी सहितका घार वितरण गर्न लागिएको बताईएको छ ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto