दोस्रो चौरजहारी महोत्सव हुँदै

Byआहा सञ्चार

२०७६ फाल्गुन १५, बिहीबार १३:०१

आहा सञ्चार संबाददाता
रुकुम पश्चिम चौरजहारी नगरपालिकामा दोस्रो वृहत चौरजहारी महोत्सवको हुने भएको छ । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी रुकुम पश्चिमको चौरजहारीमा दोस्रो वृहत चौरजहारी महोत्सव आयोजना गरिएको हो । महोत्सव फागुन २२ देखि चैत्र २ गते सम्म संचालन हुनेछ ।
हाल महोत्सवको काम तिब्र गतिमा भैरहेका छन । महोत्सवलाई व्यवस्थित र तिव्रता दिनको लागी थप प्रचार प्रसारका कामलाई अगाडी वढाउने निर्णय समेत गरिएको छ । महोत्सवको जानकारी तथा प्रचारप्रसार अभियान अन्तरगत सोमबार रुकुम पश्चिम सदरमुकाम मुसिकोटमा पत्रकार सम्मेलनको समेत आयोजना गरिएको छ । चौरजहारी उद्योग बाणिज्य संघ र चौरजहारी नगर संगीत समितिको सयुक्त आयोजनामा महोत्सव हुन लागेको हो । चौरजहारी उद्योग बाणिज्य संघका अध्यक्ष प्रेम गहतराजका अनुसार महोत्सवले यस क्षेत्रको व्यवसायिक प्रवद्र्धन सगै नेपाल भ्रमण बर्षलाई समेत सघाउ पु¥याउने छ । कृषि, व्यापार, पर्यटन प्रर्वद्धन सांस्कृतिक संरक्षणका लागी हाम्रो अभियान, स्थानीय उत्पादन दिगो अर्थतन्त्र निर्माणमा आत्मनिर्भर एकताको पहिचान भन्ने महोत्सवको मुलनारा राखिएको छ । महोत्सवमा स्थानीय कृषि, व्यापार तथा पर्यटकीय स्टलका साथै स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने सांस्कृतिक संयोजक एलबि कटुवालले जानकारी दिए ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto