जनपक्षिय पत्रकारहरुको साझा संगठन प्रेस संगठन नेपालको कर्णाली प्रदेश कमिटिको आयोजनामा रुकुम पश्चिमको सुन्दर पर्यटकीय नगरी चौरजहारीमा २०७६ फागुन ४ गते सम्पन्न प्रथम भेलाबाट जारी गरिएको १० बुँदे चौरजहारी घोषणा–पत्र २०७६
१. जनपक्षिय पत्रकारिता गरिरहेका आम जनमुखि पत्रकारहरुको अग्रणी संस्था प्रेस संगठन नेपाल नेपाल कम्युनिस्ट पार्टी नेकपाको नेतृत्वमा गठन भएको नेपाल सरकार, कर्णाली प्रदेश सरकारले सञ्चार क्षेत्रमा ल्याएका वा ल्याउने अन्तिम चरणमा रहेका मिडियामैत्री कानून तथा नीतिहरुप्रति हार्दिक आभार व्यक्त गर्दै, विज्ञापन ऐन, मिडिया काउन्सील ऐन, हुलाक ऐन लगायतका विभिन्न कानूनी व्यवस्था गर्ने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गरेको पहल र व्यवस्थापनको यो भेला स्वगात गर्दछ । साथै प्रेस संगठन नेपाल सदैव प्रेस तथा नागरिकको अभिव्यक्ति स्वतन्त्रताको रक्षाप्रति प्रतिवद्ध हुदै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि हुन खोज्ने सबैखाले संकुचनको अन्त गर्दै संघीयता कार्यान्वयनको ऐतिहाँसिक चरणमा तीनै तहका सरकारले निर्माण गरिहेका ऐन, नियम र कानूनहरुमा पूर्ण प्रेस स्वतत्रताको सुनिश्चितता गर्न तथा प्रस्तावित विधेयकहरुमा उल्लेख गरिएका कतिपय प्रेस तथा नागरिकका स्वतन्त्रतालाई संकुचित पार्ने प्रावधानहरु नेपालको संविधान बमोजिम यथासक्य टुंग्याउदै यो भेला अबिलम्ब सञ्चार रजिष्टार नियुक्त गर्न माग गर्दछ ।
२. श्रमजीवी पत्रकार ऐन जारी भएको २५ वर्ष बित्दा पनि यसको पूर्ण कार्यान्वयन भएको छैन । अहिले पनि मिडियामा न्यूनतम पारिश्रमिक, नियुक्ति पत्र र अन्य सुविधाहरुको ठूलो समस्या छ । कर्णालीका ९० प्रतिशतभन्दा बढी पत्रकारहरुले न्यूनतम पारिश्रमिक पाउन सकेका छैनन् । यो साधारण सभा श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयनको माग गर्दछ । प्रेस काउन्सिल नेपालले वर्गिकरण गरे वमोजिम मिडियाले कार्यरत श्रमजीवीहरुलाई न्यूनतम पारिश्रमिक प्रदान गराउने वातावरण तयार गर्न माग गर्दछ ।
३. कर्णाली प्रदेश र विकासका हिसाबले पछि रहेका जिल्लाको पत्रकारिताको विकासलाई जोड दिनका अनुदानमूखि पत्रकारिताको अवधारणा अनुशार राज्यले स्थानीय स्तरका सञ्चार माध्यम र सञ्चारकर्मीको पेशागत दक्षता वृद्धी, उत्थान, विकाससहित पत्रकारिताको व्यवसायीकरणका लागी मिडिया विकास कोष मार्फत प्रदान गर्ने सेवा सुविधामा बढोत्तरी गर्दै विद्यमान १० प्रतिशत ब्याजको सहुलियतलाई सतप्रतिशत बृद्धि गर्न आग्रह गर्दै कर्णालीबाट प्रकासित तथा प्रशारित सञ्चार माध्यमा प्रयोग हुने अत्यावश्यक सामाग्री (प्रेस, ट्रान्स मिटर, मिक्स्चर, क्यामरा, रेकर्डर, कम्प्युटर, न्यूज प्रीन्ट, टावर आदी) को भन्सारमा शतप्रतिशत र खरिदमा ५० प्रतिशत सहुलियत प्रदान गर्न र हरेक आर्थिक वर्ष प्रदान गरिने लोककल्याणकारी विज्ञापनमा कर्णाली लगायतका दुर्गम क्षेत्रका सञ्चार माध्ययमलाई ५० प्रतिशत थप गर्न नेपाल सरकार र सम्बद्ध निकायसँग माग गर्दछ ।
४. कर्णालीलाई कार्यक्षेत्र बनाई काम गर्ने सञ्चारकर्मीको व्यवसायीक पहुँच वृद्धीका लागि अनुदानमूखि पत्रकारिताको सिद्धान्त अनुशार पत्रकारका लागि आवश्यक पर्ने सञ्चार सुविधाःइमेल इन्टरनेट, फोन, प्mयाक्स, यातायात सुविधा (हवाई र यातायात) मा कम्तीमा ५० प्रतिशतको सहुलियत प्रदान गरिनुका साथै स्वास्थ्य उपचारका लागि निजी तथा सरकारी अस्पतालमा उपचार गर्दा ५० प्रतिशतले सहुलियतको उपलब्ध गराउन सरकार र सम्बन्धित निकायलाई यो भेला आग्रह गर्दछ ।
५. थुप्रै कठिनाईहरुसँग जुधेर कर्णालीमा पत्र पत्रिका, एफएम रेडियो, अनलाइन लगायतका सञ्चार माध्यमहरुले दुर्गमका नागरिकलाई सञ्चारको राष्ट्रिय राजमार्गमा जोड्ने काम गरेपनि आर्थिक स्रोतको अभावका कारण धेरैजसो मिडिया बन्द हुने अवस्थामा छन् । त्यसैले यो भेला कर्णालीका मिडिया ( रेडियो, पत्रपत्रिका र अनलाइन)लाई विद्युत, इन्टरनेट, टेलिफोनको महशुलमा विशेष छुट दिन सम्बन्धित निकायसँग माग गर्दछ ।
६. विभिन्न माध्यमको विापनका नाममा कर्णालीका विभिन्न निकायबाट मात्र प्रतिवर्ष झण्डै २० करोडभन्दा बढी रकमको विज्ञापन राजधानीबाट सञ्चालित विभिन्न सञ्चार माध्यममा भुक्तानी हुने गरेको छ । तर, कर्णालीका विषयवस्तुले प्राथमिकता पाउने विषयमा कहिल्यै प्राथमिकता नपाउने गरेको कटु यर्थाततालाई आत्मसाथ गर्दै प्रदेश मातहतका निकायबट जारी गर्ने सार्वजनिक सूचनाहरु प्रकाशन गर्नुपर्ने बाध्यताको अन्त्य गर्ने विद्यमान सार्वजनिक खरिद ऐन संशोधन गर्दै प्रदेश र स्थानीय तहको विज्ञापनको कम्तिमा आधा हिस्सा स्थानीय मिडियामै खर्च गर्नुपर्ने प्रावधानसहित स्थानीय सञ्चार माध्यम मैत्री कानून निर्माणका लागि गम्भीर पहलकदमी लिन संघीय सरकार र कर्णाली प्रदेश सरकारलाई प्रेस संगठन ध्यानाकर्षण गराउँदछ ।
७. भौगोलिक विकटताको कर्णाली प्रदेश लगायतका दुर्गम जिल्लाका पत्रकारहरु ठूलो प्राकृतिक तथा अन्य जोखिम मोलेर काम गर्नुपर्ने बाध्यताका बिच रिपोर्टिबकै क्रममा कार्यक्षेत्रमै अंगभंग हुने र ज्यान गुमाउनु पर्ने बाध्यता छ । यस अवस्थाको कर्णालीको पत्रकारिताको विशिष्टतालाई ध्यान दिएर दुर्गमका पत्रकारको स्वास्थ्य र जीवन विमाको व्यवस्था गर्न हाल कर्णाली प्रदेश सरकारले गरेको दुर्घटना विमाको रकममा बढोत्तरी गर्दै यसको भुत्तानी प्रक्रियालाई सहज बनाउन र द्वन्द्व पीडित पत्रकारहरुको पहिचान स्थापित गरी उनका परिवारहरुको हेरचाह तथा दिवंग शहिद पत्रकारका नाममा पुरस्कार स्थापना गर्न यो भेला कर्णाली प्रदेश सरकारसँग संगठन माग गर्दछ ।
८. पत्रकारितालाई व्यवसायिक र जिम्मेवार बनाउन पत्रकारहरुको क्षमता अभिवृद्धि गर्न जरुरी छ । उत्तरदायी, जिम्मेवार जनपक्षिय र सक्षम पत्रकार उत्पादनका लागि कर्णाली प्रदेश सरकारले अघि सारेको आमसञ्चार प्रतिष्ठानको गठन गर्दै पत्रकारहरुलाई आवधिक तालिमको व्यवस्था गर्न र प्रदेशमा बन्ने अन्य नियम कानूनलाई मिडिया मैत्री बनाउन यो भेला कर्णाली प्रदेश सरकारलाई अनुरोध गर्दछ ।
९. प्राकृतिक सुन्दरताले भरिपूर्ण, सांस्कृतिक, धार्मिक सम्पदाको धनी, बहुमूल्य जडिबुटीहरुको खानी रहेको कर्णाली प्रदेश फलफूल, पशुपालन तथा अन्य कृषि उत्पादनका दृष्टिले पनि निकै ठूलो सम्भावना बोकेको प्रदेश हो । यहाँको भूबनोट, माटो र अन्य विविधताको विस्तृत अध्ययन गरी कृषिलाई उद्योगको रुपमा विकास गर्नु जरुरी छ । अन्तराष्ट्रिय बजारमा समेत विस्तार भइसकेको रुकुममा हुने तरकारी बिउ उत्पादन, कर्णालीको फलफूल खेतीलाई विस्तार तथा व्यवस्थित गर्दै चर्चित स्यार्पु तालसहित यहाँका चर्चित पर्यटकीय स्थलहरुमा आवश्यक पूर्वाधारहरुको विकास गर्न र निर्माण भएको वर्षौ बित्दा पनि चौरजहारी–सल्ली जोड्ने मोटरबाटो पक्की नहुँदा, मध्यपहाडी लोकमार्ग अन्तर्गतचौरजहारी र जाजरकोट जोड्ने भेरीपुल, नलगाड जलविद्युत आयोजनासहित प्रदेशको दीर्घकालीन पूर्वाधार विकासमा जोड दिन हार्दिक अपिल गद कर्णाली प्रदेशको हवाई यातायातको पहुँच विस्तार गरी सहज र व्यवस्थित गर्न यो भेला हार्दिक अपिल गर्दछ ।
१०. संगठनको पहिलो भेला सम्पन्न गर्न सहयोग गर्ने नेकपा कन्द्रीय कमिटि, कर्णाली प्रदेश कमिटिका इन्चार्ज क. जनार्दन शर्मा प्रभाकर, अध्यक्ष गोरख बोगटी, संगठन इन्चार्ज राजेन्द्र गौतम, सहइन्चार्ज सुर्य थापा, प्रचार विभाग, प्रेस संगठन नेपालका संयोजक तथा सहसंयोजक, पार्टी तथा संगठन केन्द्रीय कमिटि सदस्य, रुकुम पश्चिम पार्टी कमिटि, प्रेस संगठन रुकुम पश्चिम, चौरजहारी नगरपालिका लगायत रुकुम पश्चिम स्थानी तह र श्रद्धय पार्टीका सबै नेता ज्यूहरुलाई यो भेला हार्दिक आभार व्यक्त गर्दछ ।
४ फागुन २०७६ चौरजहारी, रुुकम
