कलाकारको जीवन : संघर्षशिल शर्मिला

Byआहा सञ्चार

२०७६ फाल्गुन ८, बिहीबार १९:१५ गते

आहा सञ्चार संबाददाता
सानै देखि गित गाउने रहर, तर खुलेर गाउन नपाउने पिडा शर्मिलालाई जिन्दगीका २६ औ बसन्त पार गर्दै गर्दा पनि कहिलेकाही उस्तै पीडा झल्किन्छन । गित संगितमा लागेकाहरुलाइ हेर्ने सामाजिक र पारिवारिक दृष्टिकोण दुई थरिका हुदा शर्मिला आवश्यकताका आधारमा मात्रै आफ्नो पेशा बारे खुल्छिन । धेरै ठाउँमा शर्मिला आफू कलाकार भएको र दोहोरिमा गित गाउछु भन्न रुचाउदैनिन । उनले कलेज पढने आफना धेरै साथीहरू लाई आफ्नो कार्यबारे कमै जानकारी दिन्छिन ।
दोहोरिमा काम गर्छु भन्दा कतिपयले फरक रुपमा अर्थ लगाउने हुदा उनी अनावश्यक बहस भन्दा त्यस्तालाई आफ्नो बारे जानकारी नदिएकै बेस उनी भन्छिन् । बच्चा उमेर देखि गाउँमा हुने मेलापर्व, तथा रमाइला कार्यक्रममा उनी लुकिलुकि गित गाउन जादा जादै संगित क्षेत्रमा जमेकि हुन । स्थानीय भाकामा टुक्का मिलाइ मिलाई दोहोरि गाउन खप्पिस शर्मिला संगित क्षेत्रमा सानै देखि मेहनति हुन । उनको साँगितिक बाल्यकाल त्यति सुखद रहेन । गाउँमा हुने सानातिना कार्यक्रममा उनले लुकिलुकि गाउनु पर्दथ्यो । कारण थियो पढाइ बिग्रन्छ, भविष्य बिग्रन्छ तथा गित गाउनेलाइ नकारात्मक दृष्टिकोणले हेर्ने मानिसहरुको धारणा । साँस्कृतिक सम्पदा र परम्पराको धनी बागलुङ जिल्लाको विकट बाटाकाचौर गाउँमामा जन्मेकि शर्मिलाका सघर्ष अझै जारि छन । उनी भन्छिन् मेरो गाउँ जहाँ अहिलेसम्म सडक यातायात पुग्न सकेको छैन त्यहि ठाउँ बाट मेरो कला क्षमताको म आफैले सघर्ष गरिरहेको छु । आर्थिक, सामाजिक हिसाबले पछि परेको उक्त गाउँका मानिस हरुले धेरै सघर्ष गर्नुपर्ने उनी बताउछिन् ।
सुरुमा रहरै रहरको शर्मिलाको गायन कला विस्तारै ब्यवसाय नै बन्न पुगेको छ । उनी अहिले काठमाडौ लाई कर्मथलो बनाएर देश विदेशमा गित गाउन हिडछिन । विशेष गरि दोहोरि गितमा अत्यन्तै मार्मिक शब्दमा दोहोरि प्रहार गर्ने उनको कलाबाट दर्शकहरु धेरै मन पराउछन । उनी प्राय धेरै लय र भाकामा दोहोरि गाउन सक्छिन । देशमा हुने महोत्सवहरुमा उनको सहभागीता विस्तारै बढदै छ । करिव ३० वटा जति गीतमा स्वर दिइसकेकि शर्मिलाका गितहरु पनि चर्चित छन । उनलाई मन पराउने हरु युटुवमा खोजि खोजि दोहोरि हेर्छन ।
मौलिक शब्दमा गितहरु प्रस्तुत गर्ने उनको अर्को कलात्मक उत्कृष्ट शैलि हो । काठमाडौ छिरेपछि पढ्न र दैनिक छाकटार्न धेरै सघर्ष गर्नु परेको उनी बताउछिन् । यो क्षेत्रमा लागेका म जस्तै धेरै कलाकारहरु कडा मेहनत गरेर बाच्नु परेको शर्मिला भन्छिन । उनी केही महिना अगाडि चाइनामा सम्पन्न फलावर महोत्सवमा नेपालको तर्फबाट सहभागी भएर फर्किइन । नेपालको तर्फबाट आफ्नो कला प्रस्तुत गर्दै उनले करिव एक महिना चाइना विताइन । राष्ट्रिय लोकदोहोरि प्रतिष्ठान सग पनि आबद्ध रहेकि शर्मिला सामाजिक सेवाका कार्यमा पनि उत्तिकै क्रियाशिल छिन ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto