आहा सञ्चार संबाददाता
रुकुम पश्चिममा सैनिक दिवस तथा महाशिवरात्रीको अवसरमा आयोजित मैत्रिपुर्ण भलिवलमा राष्ट्रसेवक कर्मचारीको समुहले जित निकालेको छ । आज नरसिङ दलगण सल्लेमा भएको प्रतियोगितामा कर्मचारीको समुहले जित निकालेको हो । कर्मचारीको टिमले रुकुम भेट्रान टिमलाई ३–१ को सेटमा पराजित गर्दै कप मेडल प्राप्त गरेको छ । भने रुकुम भेट्रानको टिमले मेडल प्राप्त गरेको छ । दिवसको अवसरमा नरसिङ दलगण सल्ले व्यारेकमा भलिबल आयोजना भएको प्रमुख सेनानी गणपती दिनेश गौतमले जानकारी दिए । त्यस्तै दिवसको अवसरमा आन्तरिक तथा बाह्य बिभिन्न प्रतियोगिताको आयोजना गरिएको थियो । दिवसको अवसरमा अन्य बिभिन्न कार्यक्रमको आयोजना गरिएको गणपती गौतमको भनाइ छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेल लगायतका जिल्ला स्थित कार्यालय प्रमुख तथा सरोकारवाला ब्यक्तिहरुको सहभागिता रहेको थियो ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto