सत्य बटाला
पूर्व उपप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाअध्यक्ष बामदेब गौतमले रकुम पश्मिको आठविसकोट नगरपालिका गोतामकोटलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको पर्यटकिय क्षेत्र बनाउने प्रतिबद्धता जनाएका छन । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षीत गरी आठविसकोट नगरपालिकाको गोतामकोटमा नगरपालिकाले आयोजना गरेको भव्य समारोहलाई सम्बोधन गर्दै नेकपाका उपाअध्यक्ष गौतमले गोतामकोटलाई उच्च स्तरको पर्यटकिय क्षेत्रको रुपमा विकास गर्ने बताए ।

आफना पूर्खाहरु अर्थात गौतमहरुको उत्पती भएको ठाउँ गोतामकोटमा पहिलो पटक पुगेका उपाअध्यक्ष गौतमले गोतामकोटलाई पर्यटकिय क्षेत्रको रुपमा विका गर्न स्थानीय सरकार प्रदेश सरकार सँगै सहकार्य गरी संघिय सरकार सँग बजेटका लागी जोडदार माग गर्नुे बताए । यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधी सभा सदस्य तथा नेकपाका स्थाई कमिटी सदस्य जनार्दन शर्मा पभाकरले जनताको सक्रिय सहभागितामा रकुम जिल्लाको समग्र विकास सम्भव भएको बताए । पूर्व गृहमन्त्री समेत रहेका प्रभाकरले आगामी वर्ष भित्रै जिल्लाका सबै पालिकामा पक्की सडक पुय्राउने लक्ष्य रहेको भन्दै गुणात्मक तरिकाले विकास हुने दाबी गरे । यसै वर्ष भित्र रुकुम पश्चिमका सबै गाउँ बस्तीमा विजली पुय्राउने गरी काम भैरहेको दाबी गरे । यस्तै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले दुरदराजमा उच्च जोखिममा रहेका बस्तीहरुलाई एकिकृत गरी एकिकृत बस्ती विकास गर्ने गरी अहिले प्रदेशका १० वटै जिल्लामा तथ्यांक संकलनको काम भैरहेको पनि जानकारी गराए ।
यसैविच कार्यक्रममा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका ८ जना कार्यकर्ता पाटी परित्याग गरी सत्तारुढ नेकपामा प्रवेश गरेका छन । पार्टी प्रवेश गर्नेहरुमा नेपाल विद्यार्थी संघका पूर्व जिल्ला सदस्य तथा नेपाली काँग्रेस वडा नम्बर ९ का वडा सभापती घनश्याम शाह लगायतका रहेका छन ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto