सन्देश जैसी
रुकुम पूर्व पुथा उतरगंगा गाउँपालिकाको तकसेरामा दुई दिने स्वास्थ्य शिबिर सम्पन्न भएको छ । जिल्ला स्वास्थ्य कार्यालय रुकुम पूर्वको समन्वय, पुथा उतरगङगा गाउँपालिकाको आयोजना र एचडिसिएस चौरजहारी अस्पतालको आर्थिक तथा प्रबिधिक सहयोगमा शिबिर आयोजना गरिएको हो । शिबिरको ५ नं. प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले ब्यानर खोलेर उदघाटन गरे ।

शिबिरमा चौरजहारी अस्पतालका बालरोग बिषेशज्ञ डाक्टर कालेब कुमार बुढाको नेतृत्वमा १५ जनाको टोलि खटिएको थियो । नाक, कान, निमोनिया, झाडापखाला, तल्लो पेट दुख्ने, नसा तथा जोर्नीको समस्या लगायत पाठेघर खस्ने लगायतका समस्याहरुको उपचार तथा चेकजाँच गरिएको थियो । शिबिरमा महिला ३ सय ९०, पुरुष १ सय ९६ गरि जम्मा ५ सय ८६ जना बिरामीहरुले सेवा लिएका डाक्टर बुढाले जानकारी दिए । शिबिरमा ११ जना विभिन्न प्रकारका समस्या भएका भएका अपांगता भएका ब्यक्तिहरुले पनि उक्त सेवा बाट लाभ लिएका थिए ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto