नारायण ओली
रुकुम पश्चिम सानीभेरी गाउँपालिका ३ गरायला वेल्टापुमा गाउँपालिका स्तरीय खेलकुद रंगशाला निर्माण हुने कर्णाली प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिमला केसीले बताएकी छिन । शनिबार परम्परागत रुपमा लाग्दै आएको ऐतिहाँसिक वेल्टापु मेलाको उद्घाटन गर्दै मन्त्री केसीले यस्तो बताएकी हुन ।

खेल तथा खेलक्षेत्रको विकास गर्न यस वर्ष कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयबाट २० लाख रकम छुट्याइएको र डिपिआर पुरा भएपछी डिपिआर प्रतिवेदन अनुसार आवश्यक बजेट विनियोजन गरिने उनले प्रतिबद्धता व्यक्त गरिन । यस्तै हरेक वर्ष कार्तिक मसान्त देखी मंसिर ४ गतेसम्म लाग्ने रुकुम जिल्लाकै प्रख्यात वेल्टापु मेलामा अहिले सम्मकै ठुलो पुरस्कार राशीको भलिबल आयोजना गरिएको मेला व्यवस्थापन समिति अध्यक्ष गोविन्द प्रकाश ओलीले बताए । उनका अनुसार पुरुष तर्फको खुल्ला भलिबल खेलमा प्रथम हुनेलाई रु १ लाख २५ हजार द्वितिय हुनेलाई रु ७५ हजार, तृतिय र सान्त्वना हुनेलाई रु ३०र३० हजार पुरस्कार राखिएको छ । त्यस्तै महिला तर्फको खुल्ला भलिबल प्रतियोगितामा प्रथम हुनेलाई रु ६५ हजार द्वितिय हुनेलाई रु ४० हजार, तृतिय र सान्त्वना हुनेलाई रु १५ र १५ हजार पुरस्कार राखिएको छ भने खुल्ला ब्याडमेन्टिन प्रतियोगितामा प्रथम हुनेलाई रु १८ हजार द्वितिय हुनेलाई रु १० हजार, र तृतिय हुनेलाई रु ५ हजार पुरस्कार राखिएको छ । खेल मंसिर १ गते देखि ४ गत सम्म हुने र विभिन्न किसिम का झाँकी तथा साँस्कृतिक कार्यक्रम हुने आयोजकले जनाएको छ ।

कार्तिक ३० गते देखि मंसिर ४ गते सम्म संचालन हुने मेलाको उद्घाटन कार्यक्रमको अध्यक्षता मेला व्यवस्थापन समिति गोविन्द प्रकास ओलीको रहेको थियो भने प्रमुख आतिथ्यता कर्णाली प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिमला केसीको रहेको थियो । कार्यक्रममा सानीभेरी गाउँपालिका अध्यक्ष नरबहादुर पुन, प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेल, प्रहरी नायब उपरीक्षक सुमित खड्का, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रिय सदस्य बशन्त शर्मा, जिल्ला समन्वय समिति सदस्य धनबिर ओली लगाएतको आतिथ्यता रहेको थियो ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto