आहा सञ्चार संबाददाता
साउथ एसिया युथ लिडरसिप अवार्डबाट सल्यानका एक युवा सम्मानित भएका छन । सल्यान सिद्धकुमाख गाँउपलिका १, का डम्बर शाहु यस बर्षको अवार्डद्धारा सम्मानित भएका हुन ।
ग्लोबल युथ पार्लियामेण्ट र ग्लोबल ल थिङकर सोसाइटीद्धारा बङ्गलादेशको ढाकामा आयोजित ‘दोस्रो दक्षिण एशियाली युवा सम्मेलन–२०१९’ मा बङ्गलादेशका स्वतन्त्रता तथा द्धन्द्ध मामलामन्त्री एकेयाम मोजाम्मेल हकले नेपालसहित श्रीलङ्का, अमेरिका, भुटान, पाकिस्तान र भारतलगायत दक्षिण एशियाली मुलुकका युवाहरुलाई सो अवार्ड प्रदान गरे । नेपालको तर्फबाट कर्णाली टेलिभिजन तथा नेशनल मिडिया एकेडमि एण्ड रिसर्च सेन्टर अध्यक्ष डम्बर शाहु लगायतका अन्य ब्यक्तिहरुलाई पनि सम्मान गरिएको छ ।
क्षेत्रीय एकतालाई थप बलियो बनाउँदै युवाहरुको सामूहिक नेतृत्व विकासका लागि अनुभव र अवसर आदानप्रदान गर्ने उद्देश्यले आयोजना गरिएको दुई दिने सम्मेलन हमज सम्पन्न भएको हो । सम्मेलनमा दक्षिण एशियाली मुलुकबाट करिव ३०० युवा प्रतिनिधिहरुको सहभागिता रहेको थियो । युवाहरुको नेतृत्व विकास गर्ने उद्देश्यले सन् २०११ मा स्थापना गरिएको ग्लोबल युथ पार्लियामेण्टको उत्तर कोरिया, क्यानाडा, ब्राजिल, बेलायत र इटलीलगायत विभिन्न ४३ देशमा शाखा स्थापना गरिएको छ । ग्लोबल युथ पार्लियामेण्टले ‘युवा सार्क सम्मेलन’, ‘ग्लोबल युथ पिस कन्फरेन्स’, ‘एशियन युथ एसेम्बली’ र ‘ग्लोबल युथ लिडरसीप समिट’ लगायत युवाको क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आएको छ ।