जयमान बुढा मगर
रुकुम पूर्व भूमे गाउँपालिका वडा नम्बर ३ झुम्लाबाङमा खेलकूद प्रतियोगीत आयोजना गरिएको छ । लालीगुँरास युवा क्लवको आफ्नो १० औँ वार्षिकत्सव मनाउदै कृष्ण जन्माष्टमीको अवसरमा विविध प्रतियोगीता आयोजना गरेको हो । क्लवले विविध प्रतियोगीता आयोजना गरेकोमा शुक्रबार ५ नम्बर प्रदेशका संसद् तेजबहादुर ओलीले उद्घाटन गरे । खेलाडीले खेलकूदका माध्यमबाट आफू र राष्ट्रलाई विश्व सामु प्रतिस्पर्धा गरी चिनाइ राखेको संसद् ओलीले बताए । ‘सरकारले खेल क्षेत्रमा लगानी गरिखेको छ’ उनले भने–‘तर, खेलकूदको लगानी त्यति राम्रो प्रतिफल देखिएको छैन ।’ फरक प्रशंमा झुम्लाबाङ सानो गाउँ भएता पनि धेरै जातजातीको बसोवास रहेको जनाउदै विगत नौ, दश वर्ष देखि झुम्लाबाङ भिलेज फाउंडेशन संस्था मार्फतको लनागीमा गाउँमा विभिन्न भौतिक निर्माण काम स्थानीयले गरिराखेको प्रशंसा ओलीले गरे । स्थानीयले माग पत्र बुझाएका समस्याको आधारमा माग सम्बोधन गरिदिने प्रतिवद्धता जनाए ।
झुम्लाबाङमा मात्र नभएर ३ नम्बर वडामा स्काइको नेट्रोकले मात्र काम गरिराखेको छ त्यसले पनि भरपर्दाे काम गरेको छैन् झुम्लाबाङ भिलेज फाउंडेशनका कार्यकारी निर्देशक अजय बुढा मगरले बताए । रामलीमा रहेको निर्माणाधीन नमस्ते टावरलाई छिटै निर्माण गर्नेमा पहलकदमी गरिदिन, स्वास्थ चौकी, संस्कृति भवन आफूहरुको लगानीमा आधी काम भएकोले सम्पन्न गर्नको लागि बजेट व्यवस्था, क्लवको खेलमैदान, विद्यालयको लागि तारबार त्यसैगरी तामा खानीको उत्खनन, अथाह पर्यटकीय स्थल रहेकोले उक्त ठाउँमा थप विकास र रुढ पुर्याइदिन र भैँसी, भेडाबाख्रा पालनमा अनुदान माग जस्ता संसद् ओली समक्ष बुझाएको माग पत्रमा उल्लेख गरिएको छ ।
खुल्ला प्रतिस्पर्धा महिला÷पुरुष भलिबल, लोकदोहोरी, नृत्य लगायत प्रतियोगीता आयोजना गरिएको क्लवले जनाएको छ । भूमे गाउँपालिका अध्यक्ष रामसुर बुढा मगर, जिल्ला खेलकूद समितिका कोषाध्यक्ष नावेन्द्र सुनार, नेकपा भूमे गाउँपालिकाका अध्यक्ष रुपधन कामी स्थानीय बुद्धिजीवी झुलप्रसाद गुरुङ लगायतले कार्यक्रममा सम्बोधन गरेका थिए ।