आहा सञ्चार संबाददाता
रुकुम पश्चिममा टेक्वान्दो प्रतियोगीता हुने भएको छ । शहिद स्मृति प्रथम डिग्रे आमन्त्रित प्रोफेश्नल तेक्दोन्दो आईटिएफ प्रतियोगीता २०७६ हुने भएको हो । आयोजक रुकुम पश्चिम आईटिएफ तेक्दान्दो संघले सदरमुकाममा पत्रकार सम्मेलनको आयोजना गरि यस्तो जानकारी दिएको हो । सदरमुकाम मुसीकोट खंलगामा कार्तिक २६ र २७ गते प्रतियोगिता हुने संयोजक भुपेन्द्र वलीले जानकारी दिए ।
उनका अनुसार जिल्लामा तेक्वान्दो खेललाई प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको हो । तेक्वान्दो प्रतियोगितामा प्रदेश नम्बर ५ र कर्णाली प्रदेशका २० जिल्लाका १ सय ५५ जना सहभागि हुन छन । प्रतियोगितामा प्रथम, द्धितिया र तृतिया हुने खेलाडि समुहलाई ५० हजार, ३५ हजार र २० हजार रुपैयाँका साथै ट्रफी र प्रमाण पत्र प्रदान गरिने बताईएको छ । कार्यक्रममा सहयोग र सहकार्य गर्न जिल्ला स्थित सरोकारवाला संघसंस्था र स्थानीय सरकारहरुलाई अनुरोध पनि गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto