जयमान बुढा मगर
प्रदेश नम्बर ५ को एकमात्र हिमाली जिल्ला रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिकामा अधिकांश ठाउँमा स्याउ राम्रो उत्पादन भैरहेको छ । वडा नम्बर–१० तकसेरामा उत्पादन भएका स्याउ बोटबाटै बिक्री हुने गरेको छ । भने वडा नम्बर २ पेल्माको स्याउले बजार पाएको छैन् । गाउँपालिकाको पेल्मा गाउँ दुर्गम ठाउँ रहेको छ । यातयात पुगेको छैन् गाउँपालिको केन्द्र भएको तकसेरा आउन दुई दिन लाग्ने गरेको छ गाउँपालिकाका अध्यक्ष ओमप्रकाश घर्ती मगरले बताए । ‘त्यहाँ स्याउ खेती गरेकाहरुको बारीमा अहिले लटरम्म स्याउ फलेको छ, तर बजार पाउन सकेको छैन्’ घर्तीले भने‐‘दुवानी गरेर बजार ल्याउदा महंगो पर्न जान्छ त्यसैले अहिले पेल्माको स्याउ बिक्री हुन नसक्दा स्थानीय चिन्तित छन् ।’
तकसेरा पनि पहिले वर्ष देखि बिक्री हुन नसकिराखेको नै थियो स्थानीय प्रपेश बुढाले बताए । ‘अहिले गाउँपालिकाको केन्द्र भएको देखि अर्गानिक स्याउ बाहिरबाट काम विशेषले जाने व्यक्तिले स्याउ बारीमै गएर किन्ने गरेका छन् ।’
तकसेरामा सडक पुगेसँगै गाउँपालिकाको केन्द्र भएको हुनाले बाहिरका मान्छेको आउजाउ बढ्दा स्याउ बेच्न बाहिर जानु परेको छैन् । २०४० सालदेखि स्याउ खेती गर्दै आउनुभएका बुढाले आफ्नो बारीमा दुईसय ५० भन्दा बढी स्याउका बोट रहेकोमा सस्तोमा बेच्दा पनि एकलाख बढी आम्दानी हुने गरेको जानकारी दिए । ‘घरबाटै विक्री गर्दा खासै मूल्य त पर्दैन’ उनले भने, ‘तैपनि त्यत्तिकै खेर जानुभन्दा घरमै आएका ग्राहकलाई सस्तोमै दिने गरेका छौँ ।’ यसवर्ष प्रतिगोटा पाँच रुपियाँका दरले स्याउ विक्री गर्ने गरेको र स्याउ किन्न दैनिक रुपमा ३÷४ जना ग्राहकहरु घरमै आउने गरेको प्रवेशले बताए । स्याउ बाहिर भएका आफन्तलाई पठाइदिने र घरमा आउने पाहुनाको स्वागतमा पनि दिने चलन भएकोले खासै आफूहरु व्यवसायिक हुन नसकेको उनको भनाइ छ ।
स्याउ राम्रो उत्पादन हुने पुथा उत्तरगंगा गाउँपालिकाका विभिन्न स्थानमा स्याउ पकेट क्षेत्रको रुपमा विकास गर्न गाउँपालिकाले बजेटको व्यवस्था समेत गरेको छ । विशेष गरी तकसेरा, पेल्मा र हुकामका कृषकको मागलाई मध्यनजर गरी चालु आर्थिक वर्ष २०७६।०७७ का लागि तीन गाउँका लागि २०÷२० लाख र ८ नम्बर वडा चारगाउँमा सुन्तला पकेटका लागि पनि २० लाख रुपियाँ बजेट व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष घर्तीले जानकारी दिए । स्याउ पकेट क्षेत्र विकासबाट नै बजार व्यवस्थापनका काम पनि गरिने गाउँपालिकाले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto