आहा सञ्चार संबाददाता
प्रहरी निरिक्षक लक्ष्मण ओलीलाई साउन महिनाको उत्कृष्ट प्रहरी सम्मान स्वरुपको कदर पत्र प्रदान गरिएको हो । प्रहरी संगठनले उनलाई दिएको जिम्मेबारी पुर्णरुपमा लगनशिल तथा कर्तव्यनिष्ट भएर अपराध अनुसन्धान लगायत विभिन्न क्षेत्रमा उत्कृष्ट काम गरेको भन्दै प्रदेश नं ५ प्रहरी कार्यालय दाङले ‘पोलिस अफ द मन्थ’ बाट सम्मान गरेको हो । प्रदेश कार्यालयले प्रत्येक महिना उत्कृष्ठ काम गर्ने प्रहरीलाई सम्मान गरेर काममा उत्साहित बनाउदै आएको छ । हाल जिल्ला प्रहरी कार्यालय बर्दियाका कार्यरत प्रहरी निरीक्षक ओली लाई ५ नं. प्रदेश प्रहरी प्रमुख सुरेश विक्रम शाहले एक कार्यक्रमका बिच कदरपत्र प्रदान गरे । प्रहरी निरीक्षक ओलीले आफुलाई उत्कृष्ट प्रहरीको रुपमा घोषण गरि सम्मान गरेकोमा खुशी हुदै आफुमा थप जिम्मेबारी थपिएको आहा सञ्चारलाई बताए । रुकुम घर भएका प्रहरी निरीक्षक ओली यसअघि पनि विभिन्न घटनाहरुको सफल अनुसन्धान गरेर चर्चा कमाई प्रहरी कार्यालय तथा सामाजिक संघ संस्थाहरुबाट सम्मानि हुदै आएका थिए ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto