जयमान बुढा मगर
जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले सार्वजनिक सुनुवाई गरेको छ । आर्थिक वर्ष २०७५/०७६ को विभिन्न आफ्नो गतिविधि सम्बन्धी विवरण सहित जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले मंगलबार रुकुमकोटमा सार्वजनिक सुनुवाई गरेको हो । रुकुमपूर्व जिल्ला नयाँ संरचना भएको हुनाले विभिन्न समस्या तथा अभावका भावजुटबाट काम गरिराखेको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक योगेन्द्रकुमार खड्काले बताए । ‘अहिले सम्ममा जिल्लामा कारागार छैन्, दरबन्दी खाली, तत्कालिन ईलाका प्रहरी कार्यालयको भवनमा बसिराखेकोले एक तिहाई प्रहरी जवान बस्नेमा समस्या आइरहेको छ’ प्रहरी नायब उपरीक्षक खड्काले भने, ‘आवश्यक भौतिक पूर्वाधार निर्माण गरिएमा कामकाज चुस्त हुनुका साथै कार्यसम्पानमा सहज पुग्ने छ ।’
दैविप्रकोप घटनाबाट १ जनाको मृत्यु, घाइते ५ जना, पशुचौपाय घाइते २, घर ४२ वटा र गोठ ७ वटा गरी क्षति ३ करोड ७३ लाख ९३ हजार ३ सय ३२ रुपैयाँ बराबरको रहेको सुनुवाई प्रतिवेदनमा उल्लेख गरिएको छ । चालचलन सिफारिश पुरुष १ सय र महिला २७ जना गरी जम्मा १ सय २७ चालचलन बुझि उठाईएको बताइउको छ । त्यसैगरी राजनितिक गतिविधिमा जिल्ला बन्द ८, तालाबन्दी २, विरोध ¥याली २, कोण सभा ५, जुलुस १, धर्ना ७, प्रेस विज्ञप्ति ३, ज्ञापन पत्र २ गरी जम्मा ३४ वटा रहेको छ ।
अवैध घरेलु भरुवा बन्दुक संकलन पुथाबाट १ सय ४१ नाल, सिस्नेबाट ११ नाल र भूमे गाउँपालिकाबाट १ नाल गरी जम्मा १ सय ५३ नाल संकलन गरिएको छ । अवैध लागूऔषध गाँजा÷अफिम नष्ट भूमेमा गाँजा १५ बिगाहा, अफिम १७.५ रोपनी, पुथामा अफिम ५ रोपनीमा नष्ट गरिएको छ । ट्राफिक कारवाही ठूलो, सानो सावरी साधन र मोटर साईकल जम्मा कारवाही संख्या ६ सय रहेकोमा संकलन राजस्व ३ लाख ८७ हजार रुपैयाँ गरिएको हो । ट्राफिक दुर्घटनामा जिप÷कार २ वटा र ट्याकटर ५ वटा उक्त दुर्घटनामा परि पुरुष १० जना र महिला ५ जना गरी १५ जनाको मृत्यु र घाईते पुरुष ६ जना र महिला ५ गरी ११ जना भएका हुन् । त्यसैगरी एक आर्थिक वर्षमा पुरुष २० जना, महिला १३ जना बालक ४ जना र बालिका १ जना गरी विभिन्न घटनाबाट ३८ जनाको मृत्यु संख्याको तथ्याङ्क उल्लेख छ ।
नयाँ ईलाका प्रहरी कार्यालय स्थापना गर्नुपर्न आवश्यक र माग आएको अनुसारमा सथापना गर्नुपर्ने स्थानहरु पुथा १ पेल्पा, भूमे १ लुकुम, पुथा ६ डिमुरगैरा, पुथा ९ खाराबाङ र पुथा १० जामाबगरमा गर्नुपर्ने उल्लेख छ । जिल्लामा ईलाका तथा अस्थायी प्रहरी कार्यालय १३ वटा रहेका छन् भने अस्थायी प्रहरी पोष्टको स्तरोन्नति गर्नुपर्ने रहेको बताइएको छ । पहिरोमा परेकालाई उद्वार, लागूओषध तथा आधाभूत सुरक्षाको बारेमा विद्यार्थीलाई आवश्यक कुराको जानकारी, अवैध रुपमा वेचविखन तथा पसारपर घरेलु मदिरा सरोकारवाला र जनप्रतिनिधिको रोहवरमा नष्ट वृक्षरोपण, होटल व्यवसायीसँग अन्तरक्रिया कार्यक्रम लगायत उत्कृष्ट कार्य गरिएको जिल्ला प्रहरी कार्यालय जनाएकोे छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला, पालिका, वडा, टोल र विद्यालय स्तरीय समिति गठन जम्मा २ सय १४ वटा समिति गठन गरी काम गरिराखेका छन् ।
अपराध अनुसन्धान तथा कारबाही अन्तर्गतमा मुद्दा दर्ता ८८ वटा फछ्यौँट ६७ गरिएको छ भने बाँकी २१ वटा रहेका छन् । विभिन्न आरोपमा पक्राउमा पुरुष ६२ जना, महिला ३ जना र बालक ७ जना गरी जम्मा ७२ जनालाई पक्राउ गरिएको थियो । तयसैगरी विभिन्न जडिबुटी, काठ ओसार पसार गर्नलाई पनि पक्राउ गरी कारवाहीको लागि सम्बन्धित डिभिजन वन कार्यालयमा पठाएका छन् । छिप्रिदह चोक बजारमा सिसिटेभिको मोनिटोर तथा संचार नियन्त्रण लगायत प्रहरी कन्ट्रोल कोठा निर्माण गर्नु पर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ ।
