आहा सञ्चार संबाददाता

]कुसारी पोलिक्लिनिक प्रालीको आयोजना र राप्ती समाज अस्पतालको प्रविधिक सहयोग तथा वाफिकोट गाउँपलिकाको समन्वयनमा एक दिने जनरल स्वास्थ्य शिविर सचालन भएको छ । बाँफिकोट गाउँपालिकाको वडा नम्बर ४ मा शिबिरको आयोजना गरिएको हो । स्वास्थ्य शिविरको उद्घाटन गाउँपालिका अध्यक्ष धर्म बहादुर के.सी. ले गरे । शिबिरमा २ सय १९ जना बिरामीहरुको चेक जाच तथा उपचार गरिएको छ । विशेष गरि निमोनिया, नशा सम्बन्धि समस्या, भाइरल जरो, छाला सम्बन्धि समस्या, जन्डिस लगायत अन्य विरामिहरुको शशुल्क उपचार गरिएको थियो । जटिल खालका ४ जना बिरामीलाई थप उपचार का लागि रेफर गरिएको राप्ती समाज अस्पताल रुकुम पश्चिमका प्रबन्धक गणेश गौतमले जानकारी दिए ।
फेसबुक प्रतिक्रियाहरु
