आहा सञ्चार संबाददाता
रुकुम पूर्व
रुकुम पूर्व भूमे गाउँपालिकाले सञ्चार क्षेत्रबाट गाउँपालिकाको विकास र समृद्धिमा योगदान गरेको भन्दै आहा सञ्चारकर्मीलाई सम्मान गरेको छ । एक कार्यक्रमबिच आहा सञ्चार साप्ताहिकका सम्पादक मेगराज खड्का र भूमे गाउँपालिका संबाददाता जयमान बुढामगरलाई सम्मान गरेको हो । जस अन्र्तगत गाउँपालिकालाई सहयोग र सहकार्य गर्ने संगै उत्कृष्ठ योगदान पुर्याउने बिभिन्न क्षेत्रका २६ जना व्यक्तिलाई लाई सम्मान तथा पुरस्कृत गरेको छ । पालिकालाई शिक्षा, भाषा, संस्कृति संरक्षण पत्रकारिता तथा सरकारी सेवा प्रवाह क्षेत्रमा योगदान पु¥याएकालाई आर्थिक वर्ष २०७५/०७६ को सम्मान तथा पुरस्कृत कार्यक्रम पालिकाले व्यवस्था गरेको अनुसार उक्त कार्यक्रम गरिएको बताइएको छ ।
कदर पत्र सहित प्रतिव्यक्ति नगत ५/५ हजार रुपैयाँले सम्मान स्वरुप प्रदान गरिएको हो । विद्यालय तथा शिक्षा क्षेत्रमा १० जना शिक्षक, भाषा, संस्कृति संरक्षण तथा पत्रकारिता क्षेत्रका १२ जना पत्रकार र सेवा प्रवाह राष्ट्र सेवक कर्मचारी ४ जना गरी २६ जना सम्मान तथा पुरस्कृत भएका हुन् । गाउँपालिकामा योगदान पु¥याएको व्यक्तिलाई छनोट गरिएकोमा आगामी वर्षमा पनि निरन्तर सम्मान तथा पुरस्कृत कार्यक्रम गरिराख्ने गाउँपालिकाका अध्यक्ष रामसुर बुढा मगरले बताए । ‘विकास निर्माण तथा सेवा सुविधा प्रर्वाहमा महत्वपूर्ण भुमिका खेल्ने व्यक्तित्वलाई उहाँहरुको इमान्दारीता र लगनशिलतालाई सम्मान गरिएको हो’ उनले भने, ‘कुनै आफ्नो जिम्मेवारी राम्रो संग बहन नगर्ने व्यक्तिलाई कार्वाही समेत गरिएको छ’ । सम्मानित हुने व्यक्तित्वले सम्मानसँगै आगामी दिनमा आफ्ना जिम्मेवारी थप भएको बताउदै यस कार्यक्रमले विकासमा ठूलो सहयोग पुग्ने बताएका छन् ।