सत्य बटाला
रुकुम पश्चिमको आठविसकोट नगरपाललिकाले असार मसान्त सम्म पनी उपभोक्ता समितिलाई भुक्तानी दिन नसक्दा उपभोक्ता रित्तो हात फर्किएका छन । नगरपालीकाले योजना निर्माण गर्ने जिम्मा दिएर पनि रकम भुक्तानी नगरेपछि उपभोक्ता आक्रोशित समेत भएका छन । रकम अभाब भएको बन्दै नगरपालीकामा करिव ८९ वटा योजनाका फाईलहरु थन्काएर राखिएको बताईएको छ ।

नगरपालीकाले योजना दिने र योजना सम्पन्न गरि रित पुर्वक रकम माग गर्दा पैसा छैन भनेर उपभोक्ता समितीलाई रकम भुक्तानी नगर्दा आश्चार्यमा पारेको स्थानीय सरजन कामीले बताए । ‘गाउँमा निर्माणको काम गरेका ब्यक्तिहरुलाई पनि हामीले पैसा बुझाउनु पर्छ, नगरपालिकाले पैसा दिएन त्यहि भएर तपाईहरु पनि हामीबाट काम गरेको पैसा नमाग्नुहोस भनेर मान्दैनन’ उनले भने । यस्तै कृषि परियोजना उपभोक्ता समितीका सचिव अमृत बुढाले पनी पहिल विनियोजीत गरेको रकमले नगरपालिकाले गाडीहरु खरिद गर्नु, वडा अध्यक्षहरुले प्रयोग गरेका मोटरसाइकलहरु खरिद र अन्य अव्यवहारिक खर्च गर्दा योजनाको बजेट अपुग भएको हुनसक्ने बताए । यता नगरपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत राम बहादुर केसीले करिव २ करोड बजेको अपुग भएकोले उपभोक्ता समितिलाई भक्तानी गर्न समस्या भएको बताए । उनले साउनको अन्तिम सम्म प्रदेश तथा संघिय सरकाले बजेट पठाए मात्र उपझोक्ताको रकम भुक्तानी हुने बताए ।

संघ बाट दिने भनेको कम्तीमा १० करोड बजेटमा ८ करोड २४ लाख मात्र प्राप्त भएको र प्रदेश सरकारले दिने भनेको ४ लाख २६ हजार पनी नदिदा समस्या उत्पन्न भएको अधिकृत केसीले वताए । यता अस्पताल सञ्चालन भएदेखी एक वर्षर्कोे अतिरिक्त सेवा गरेबापतको रकम नगरअस्पतालको नियम अनुसार नदिएको आठविसकोट नगर अस्पतालका हेल्थ असिस्टेन्ट पुरण केसीले गुणसो गरे । आर्थिक मसान्तमा पनि रकम नपाउदा आठबिसकोट नगरपालिका प्रति उपभोक्ता तथा कर्मचारी रुष्ट बनेका छन ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto