प्रचण्ड खत्री
रुकुम पश्चिमको बाँफिकोटमा रहेको पर्यटकीय स्थल स्यार्पुतालमा पर्यटकका लागि अतिथिगृह संचालनमा आउने भएको छ । वडा नम्बर तीनमा निर्माण भैरहेको उक्त भवनको लागि कर्णाली प्रदेश उद्योग तथा पर्यटन बन तथा बाताबरण मन्त्रालय र बन डिभिजन कार्यलय रुकुम पश्चिमको ३८ लाख र चार लाख ६८ हजार स्थानीयहरुको श्रमदान रहेको छ । धनमाय स्मृति प्रतिस्ठानकी सदस्य बिस्नु सुनुवारका अनुसार उक्त अतिथिगृहमा पर्यटकका लागि स्थानीय तथा अर्गानिक खानाका परिकारहरु पाईने छ । निर्माणधिन होटलको एक कार्यक्रमका बिच लेखापरिक्षण समेत गरिएको छ । कार्यक्रममा जिल्ला समन्वय समिति रुकुम पश्चिमका उपप्रमुख इन्दिरा बुढा, गाउँपालिका अध्यक्ष धर्म बहादुर केसि, उपाध्यक्ष मनकला पुन लगायत सरोकारवाला निकायहरुको सहभागीता रहेको थियो ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto