आहा सञ्चार संबाददाता

गरिबी निबारणका लागि लद्यु उद्यम विकास मेडपा कार्यक्रम मार्फत संचालित बिभिन्न गतिबिधीहरुको अनुगमन गरिएको छ । प्रदेश सरकारको उक्त कार्यक्रम घरेलु तथा साना उद्योग विकास समिति रुकुम पश्चिमको सहयोगमा उत्पीडित सामुदायिक विकास केन्द्र शाखा कार्यालय रुकुम पश्चिमद्धारा संचालन हुदै आएको छ ।
उक्त कार्यक्रम मार्फत सिलाईकटाई, बुटिक, कुखुृरापालन र तरकारी बिउको क्षेत्रमा पनि तालिम लगायतका गतिबिधीहरु संचालन हुदै आएका छन । जस अनुसार जिल्ला स्तरीय एक अनुगमन टोलिले आईतबार रुकुम पश्चिमको सानीभेरी गाउँपालिका र चौरजहारी नगरपालिकाका केहि वडामा सञ्चालित तालिमहरुको अनुगमन गरिएको छ । जसअनुसार सानीभेरी गाउँपालिकाको वडा नम्बर १ चाईनाबगरमा संचालित ४५ दिने आधारभूत मुढा निर्माण तालिम, खेलौना निर्माण तालिम, चौरजहारी नगरपालिका ४ मा संचालित सिलाईकटाई तथा बुटिक तालिम र वडा नम्बर ८ मा संचालित सिलाईकटाई र कुखुरापालन तालिमको अनुगमन गरिएको हो । अनुगमनका क्रममा सबै तालिमहरु प्रकृया अनुसार चलेको र प्रशिक्षार्थी पनि सक्रिय रुपमा सहभागीता रहेको पाईएको थियो ।

अनुगमन समुहमा जिल्ला समन्वय समिति रुकुम पश्चिमका निमित्त जिल्ला समन्वय अधिकारी तथा मेडपा कार्यक्रम अनुगमन समिति संयोजक घनश्याम केसी, घरेलु तथा साना उद्योग विकास समिति रुकुम पश्चिमका प्रमुख रुलबहादुर आले, उत्पीडित सामुदायिक विकास केन्द्र शाखा कार्यालय रुकुम पश्चिमका अध्यक्ष खडक बहादुर बस्त्रकार, कार्यक्रम संयोजक टेकबहादुर बिक लगायत सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधीहरुको सहभागीता रहेको थियो ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto