श्रीकृष्ण बुढा
रुकुम पुर्वको भुमे गाउँ पालिका वडा नम्बर ५ मा, सुधारिएको फलामे चुलो वितरण गरिएको छ । रुक्मेली समाज विकास केन्द्र रुकुमको सहजीकरणमा पहाडी साना किसानका लागि अनुकुलन आयोजना जिल्ला समन्वय आशा कार्यक्रमको आर्थिक सहयोगमा ५ नम्बर वडामा रहेका ३ सय ८ घरधुरीलाई फलामे चुलो वितरण गरिएको हो । आशा कार्यक्रम को ३ लाख ४९ हजार रकमले चुलो खरिद गरेर एक कार्यक्रम बिच वितरण गरेको हो । वडा अध्यक्ष टेक प्रसाद वुढाको अध्यक्षतामा भएको कार्यक्रममा भुमे गाउँ पालिका उपाध्यक्ष मन कुमारी बुढा बिष्टको प्रमुख आतिथ्यता रहेको थियो ।
पहाडी साना किसानका लागि अनुकुलन आयोजना जिल्ला समन्वय संयोजक परशुराम पौडेलको विशेष उपस्थिति रहेको थियो भने वडा सदस्य राम कुमार वुढा, लेखन वुढा सीता वुढा, लापाका संयोजक शुजन घिमिरे पनि उपस्थिति रहेको थियो । प्रमुख अथिति मन कुमारी वुढा विष्टले धुवाँ रहित हुनु भनेको स्वस्थ्य र निरोगी हुनु सँगै बन जङ्गल घर आँगन सफा सुन्दर सँगै हरियाली हुने बताईन । आशा कार्यक्रमका पशु प्राविधिक रिम वहादुर खड्काको सञ्चालनमा रहेको कार्यक्रमको स्वागत मनत्व्य आशा कार्यक्रमका सामाजिक परिचालक जालमाया वुढाले गरेकी थिईन ।