आहा सञ्चार संबाददाता
राप्ती समाज अस्पताल सल्ले रुकुम पश्चिमको आयोजना र सुभेक्षा ईन्टरनेश्नल हस्पिटलको प्राविधिक सहयोगमा संचालित बृहत स्वास्थ शिविरमा ५ सय बढी बिरामीहरुले स्वास्थ्य परिक्षण तथा उपचार गरेका छन । असार १४ देखि १६ गते सम्म अस्पतालमा शिबिरको आयेजना गरिएको थियो । शिबिरमा नाक, कान, घाँटी, स्त्रीरोग, बाल रोग, नशा रोग र दन्त रोग सम्बन्धि सेवा रहेको थियो । शिबिरबाट २८५ जना महिला, २१० पुरुष र ५२ जना बाmबालिकाहरुले उपचार तथा चेकजाँच गरेको अस्पतालका प्रबन्धक गणेश गौतमले जानकारी दिए । उनका अनुसार शिबिरमा २२ जनालाई निःशुल्क उपचार समेत गरिएको थियो भने सिकिस्त बिरामी २ जनालाई बाहिर रेफर पनि गरिएको छ । जिल्लामै बिशेषज्ञ सहितको शिबिर आयोजना गरेर सेवा दिएको भन्दै बिरामीहरुरु खुसि भएका छन । शिबिरमा रुकुम पूर्व र पश्चिमका साथै छिमेकी जिल्ला जाजरकोट र सल्यानबाट समेत बिरामीहरु चेकजाँचको लागि आएका थिए ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto