सत्य बटाला
रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा ठुलाकोट श्रमशिल तालिम केन्द्रको भवन उद्धाटन गरिएको छ । वडा नम्बर १० ठुलाकोटमा निर्माण भएका श्रमशिल तालिम केन्द्रका दुई वटा भवन मंगलबार एक कार्यक्रमका विच नगरपालिकाका उपप्रमुख गिता नेपालीले उद्धाटन गरिन ।
सोही कार्यक्रममा भवन निर्माण उपभोक्ता समितीले निर्माण भएका दुई वटा भवन नगरपालिकालाई हस्तातरण समेत गरेको छ । आठविसकोट नगरपालिकाको १९ लाख र ५ लाख ३५ हजार ५ सय ६५ रुपैया वडाबासीको श्रमदानमा निर्माण भएको भवन नगरपालिकालाइ हस्तान्तरण गरिएको निर्माण उपभोक्ता समितीका अध्यक्ष केशव शाहीले बताए ।
भवन निर्माण गर्दा ६ लाख ८ हजार ६ सय ३ रुपैया घाटा व्यहोर्नु परेको बताउँदै घाटा पदपुर्तिका लागी नगरपालिकाले रकम छुट्याउनु पर्ने बताए । भवनको उद्घाटन गर्दै उपप्रमुख नेपालीले नगरपालिका भित्र काम गर्ने निर्माण उपभोक्ता समितिहरुले घाटा भएको भन्ने प्रबृत्ति बढेको भन्दै उक्त भवन निर्माण गर्दा किन र कसरी घाटा भएको हो यसको विषयमा छानविन गर्न जरुरी रहेको बताईन । यदी बास्तबिक बजेट अपुग भएकै हो भने थप बजेट निकासाका लागि पहल गरिने पनि उनको भनाई थियो । प्रायजसो उपभोक्ता समितिहरुबाट बजेटको दुरुपयोग भैरहेकाले उक्त प्रवृती हटाउनु निर्माण उपभोक्ता समितीहरुलाई आग्रह समेत गरिन । यस्तै कार्यक्रममा बोल्दै वडा नम्बर १० का वडा अध्यक्ष गंगाराम चँदाराले ति दुई वटा भवन निर्माण गर्दा उपभोक्ता समितिलाई घाटा भएको कुरा साँचो भएको भन्दै यो समस्या बुझिदिन वडा बासीलाई आग्रह गरे । भवन सँगै स्टामेट भन्दा बाहिरको शौचालय निर्माण गर्नुपर्ने भएकाले पनि उपभोक्ता समितिले घाटा व्यहोर्नू परेको उनको भनाई थियो । ठुलाकोटमा निर्माण भएका ति भवनमा अब नगरपालिका भित्र सञ्चालन हुने सिपमुलक तथा व्यवसायी मुखी तालिमहरु सञ्चालन गर्न सहज हुने विश्वास गरिएको छ ।
कार्यक्रममा नेकपा जिल्ला कार्यसमिति सदस्यहरु रवी केसी, जनक बटाला, सुनिता चँदार लगाएतले आ–आफ्नो धारणा राखेका थिए । कार्यक्रममा निर्माण उपभोक्ता समितिका पदाधिकारी, पत्रकार लगाएत स्थानियहरुको सहभागीता रहेको थियो ।

फेसबुक प्रतिक्रियाहरु