गोपाल रेग्मी
रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा न. ७ मा अवस्थित प्राथामिक स्वास्थ्य केन्द्र कोटजहारीले सामाजिक परिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
संस्थाले आ.व.२०७५÷७६ मा स्वास्थ्य संस्थाले प्रदान गरेको प्रगति विवरण र स्वास्थ्य संस्था वाट प्रदान गरिने सेवा सुविधा प्रति जन्ताहरुको धारणा लिनको लागी उक्त सामाजिक परिक्षण गरेको हो ।
चौरजहारी नगरपालिका नगर स्वास्थ्य शाखाले आयोजना गरेको सामाजिक परिक्षणमा हाल सम्म स्वास्थ्य संस्थाले प्रदान गर्ने सेवा प्रति सेवाग्राहीहरुले सन्तुष्टि व्यक्त गरेका छन ।
सामाजिक परिक्षण कार्यक्रममा वोल्दै स्थानीय शिक्षक शक्ती वहादुर शाहीले संस्थामा रहेका कर्मचारीहरुले सेवाग्राहीको मनोभावलाई वुझेर दिन रात खटि गरेको कार्य प्रति प्रसंसा व्यक्त गरे । सोही कार्यक्रममा सहभागी पुर्व व्यवस्थापन समितिका अध्यक्ष जनप्रतिनिधि तथा समाजका अगुवा व्यक्तिहरुले संस्थाका पुराना भवनको मर्मत संभार तथा पहिरोको जोखिममा रहेका भवनको तत्काल पर्खाल लगाउनु पर्ने आवाश्यकता औल्याए ।
स्वास्थ्य संस्थाका ईन्चार्ज प्रेमा के.सीले १ वर्षको अवधिमा स्वास्थ्य संस्था वाट विभिन्न प्रकृतिका ६ हजार १ सय ३१ जना विरामीहरुले सेवा लिएको जानकारी गराईन । स्वास्थ्य केन्द्र वाट आकस्मिक सेवा ,ओ.पि.डी. सेवा ,भिडियो एक्सरे सेवा, खोप पोषण तथा गाउँघर क्लिनिक सेवा परिवार नियोजन, आमा तथा शिशु सुरक्षा कार्यक्रम आईएमएम,र टि.बी. कुष्ठरोग जाँच तथा उपचार सेवा प्रदान गरिएको हो ।
स्वास्थ्य केन्द्रमा संचालनमा रहेको स्वास्थ्य विमा कार्यक्रममा थप जनशक्तिको आवश्यक रहेको वताईएको छ । स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष एवम वडा न ७ का वडा अध्यक्ष ईन्द्रलाल शर्माले स्वास्थ्य केन्द्रमा देखा परेका विद्यमान समस्यालाई हल गर्नको लागी आफुहरु लागी परेको वताए । अस्पतालको भौतिक पुर्वाधारको पुन मर्मत ,नियमित डाक्टरको उपस्थिति ,स्वास्थ्य संस्थामा फार्मेसी स्थापना सादा एक्सरे पोष्टमार्टम लगाएतका विविध विषयमा व्यवस्थापन समितिको वैठक वाट निर्णय गरी सम्वन्धित ठाउँमा पुर्याएको जानकारी दिए ।
उक्त निर्णय कार्यान्वयनको लागी आफुले पटक पटक ताकेता गरेको भएपनि सम्वन्धित निकाय वाट ढिला सुस्ति भएको वताए । ढिलै भएपनि काम हुने कुरामा ढुक्क रहन वडा अध्यक्ष शर्माले कार्यक्रममा सहभागीहरु संग प्रतिवदता व्यक्त गरे ।
कार्यक्रममा नगर स्वास्थ्य संयोजक अकविर घर्तिले स्वास्थ्य संस्था वाट गुणस्तरिय सेवा प्रवाह गर्नको लागी ३ कुरा भौतिक पुर्वाधार,दक्ष जनशक्ती र स्वास्थ्य सामाग्रीको पुर्ण उपलव्धता हुनुपर्ने कुरामा जोड दिए । त्यसको लागी नगर स्वास्थ्य शाखाले आ.व.२०७६÷७७ को वजेटमा स्वास्थ्य संस्थामा विशेष जोड दिईको जानकारी गराए ।
