सर्जना कार्की
सिस्ने गाउँपालिकाले चार जना भुमिहिन सिमान्तकृत बादी परीवारलाइ लालपुर्जा वितरण गरेको छ । वडा नम्बर ४ को कोलडाँडा स्थित ऐलानी जग्गामा त्रिपाल टागेर बसिरहेका बादी परिवारलाई सिस्ने गाउँपालिकाले लालपुर्जा वितरण गरेको हो ।

गाउँपालिकाले मुख्यमन्त्री ग्रामिन विकास कार्यक्रम अन्तर्गत ११ लाख ७० हजार बराबरको जग्गा खरिद गरेको हो । सिस्ने ६ को बदालेबोट स्थित ११ सय ७० वर्गमिटर जग्गाको लालपुर्जा हस्तान्त्रण गरिएको गाउँपालिका अध्यक्ष कुमारी बरालले बताईन ।
लालपुर्जा पाउनेहरुमा चामसिङ बादी, लालबहादुर बादी, कालि बादी र मेवालाल बादी रहेका छन । उनीहरुले प्रतिव्यक्ति करिब तीन लाख बराबरको जग्गा प्राप्त गरेका हुन । चामसीङ र लालबहादुरलाई दुई सय ९३ वर्गमिटर अनी कालि र मेवालाललाई दुई सय ९२ वर्गमिटर जग्गा भाग परेको छ ।

यो भन्दा अगाडि सानिभेरीमा माछा मार्दै, अर्काको काम गर्दै र दाउरा बेच्दै जिवन निर्वाह गरिरहेका बादी परिवारले लालपुर्जा पाएपछि खुसी व्यक्त गरेका छन् । ‘स्थानीय सरकारले जग्गा उपलब्ध गराइदिएको छ, अब त्यसमा हामी आफ्नो जिवन खोज्ने छौ ।’ मेवालालले भने । जिल्लामा लोपोन्मुख तथा भुमिहिन नागरिक अरु पनि रहेको र सबैलाइ एकै पटक हेर्न नसकिने बताउदै गाउँपालिका अध्यक्ष बरालले विस्तारै सबैलाई अन्य वर्षहरुमा व्यवस्थापन गर्दै जाने बताईन । ‘जनता आवास कार्यक्रम अन्तर्गत लालपुर्जा विवतरण गरिएका ४ जनाको घर निर्माण पनि गरिदिने छौ ।’ उनले भनिन । कृषिको लागि उपयुक्त क्षेत्र छनोट गरी जग्गा उपलब्ध गराएको उनको भनाइ छ ।

गरिविको रेखामुनी रहेका नागरिकको जिवनस्तर सुधार गरी गरिवि निवारण गर्ने उदेश्यले सञ्चालित मुख्यमन्त्री ग्रामिन विकास कार्यक्रम अन्तर्गत ४ जना बादी समुदायलाई जग्गा हस्तान्त्रण गरीएको र आगामी वर्ष एकिकृत वस्ति निर्माण गरिदिने उदेश्य रहेको मुख्यमन्त्री ग्रामिन विकास कार्यक्रम जिल्ला संयोजक लिलामणी गौतमले बताए ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto