बलबहादुर खत्री
रुकुम पश्चम बाँफिकोट गाउँपालिका २, कुनाखेतमा रहेको रूनेपानी कृषि सहकारी संस्थाले भैँसी पाल्न शुरू गरेको छ । संस्थाले आफ्नै भबनमा उन्नत जातका भैँसी शुरू गरेको हो । गाउँमा उन्नत जातका भैँसी नभएकाले कैलालीबाट कृषि फमका भैँसी १२ लाखमा खरिद गरेर ल्याईएको हो । १० वटा दुना भैँसी खरिद गरेको रुनेपानी कृषि सहकारी संस्थाका अध्यक्ष पलसिङ नाथले जानकारी दिए । भैँसी पालन गर्न उपयुक्त भएकाले भैँसी खरीद गरेको अध्यक्ष नाथको भनाई छ । पैसी पालनका लागि आवश्यक कामकाज गर्न ३ जनालाई रोजगारी पनि सहकारी दिएको छ । भैसीको दुध अहिले गाउँमै बिक्रि गरिरहेको र बिस्तारै आवश्यकता अनुसार बजारसम्म पर्याउने अध्यक्ष नाथको भनाई छ । भैसीपालनको लागि भेटनरी अस्पताल तथा पशु विज्ञ कार्यालयले सहयोग गर्ने बताएको छ ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto