सर्जना कार्की
राष्ट्रिय बाणिज्य बैंक शाखा कार्यालय रुकुम पूर्वले जिल्लामा वित्तिय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । नयाँ जिल्लामा भर्खरै मात्र स्थापना भएको बैंकको शाखाले सरोकारवाला समुदायलाई लक्षित गरी साक्षरता कार्यक्रम सञ्चालन गरेको हो ।

बैंकिङ पहुँच बाहिर रहेका तथा बैंकिङ सेवा सुविधाका बारेमा थाहा नभएका सर्वसाधारणलाइ वित्तिय साक्षरता अभिवृदि गरी सरकारले सुरु गरेको हरेक नागरिकको बैंक खाता सञ्चालन गर्ने नीतिलाइ सघाउ पु¥याउने उदेश्यले कार्यक्रम सञ्चालन गरिएको बैंक शाखा प्रवन्धक तेजप्रसाद आचार्यले बताए । कार्यक्रमका सहभागिहरुले राष्ट्रिय बाणिज्य बैंकले आयोजना गरेको वित्तिय सारक्षरता कार्यक्रमले बैंक तथा वित्तिय संस्थाको आवश्यकता र औचित्य बारेमा जानकारी प्रदान गरेकोमा बैंक प्रति आभार व्यक्त गरेका थिए ।

मोबाइल बैंकिङबाट आफ्नो खाताको सम्पूर्ण जानकारी लिन सकिने, रिचार्ज गर्दा रु ४ देखि रु ५ रुपैँयासम्म बोनस पाइनुको साथै साधारण मुद्धति खातामा पनि ५० हजारसम्म रुपैयाको हकमा ८.५ प्रतिशत ब्याजदर पाउन सकिने बैंकले बताएको छ । त्यसैगरी कार्यक्रममा नावालक, शिक्षक, कर्मचारी, पेन्सन खाता, तलवि खाता तथा जुनसुकै नेपाली नागरिकको राष्ट्रिय बाणीज्य बैंक निक्षेप खातामा ५.५ प्रतिशत र गोल्डेन मुद्धतिमा पाँच लाख भन्दा बढिको हकमा ९.२५ प्रतिशत ब्याजको व्यवस्था रहेको समेत प्रवन्धक आचार्यले बताए ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto