सर्जना कार्की
रुकुम पूर्व

जिल्लाका विभिन्न ठाउँमा गरी एक महिनाको अवधिमा १७.५ रोपनी क्षेत्रफल जग्गामा लगाइएको लागु औषध नष्ट गरिएको छ । तीन स्थानीय तह रहेको जिल्लाका विभिन्न ठाउँमा लगाइएका अफीम र गाजा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व) ले जानकारी दिएको छ ।

भुमे गाउपालिका ४ स्थित काँडामा लगाइएको २ रोपनी क्षत्रफलको गाँजा, वडा नम्बर ९ चुनवाङको ७ रोपनी क्षेत्रफलमा लगाइएको अफिम, सोहि गाउँपालिका ९ को च्याङचुङ र चोरबाटो लेकको २ रोपनी क्षेत्रफल र साउपानी लेकको १.५ रोपनी क्षेत्रफलमा लगाइएको अफिम खेति नष्ट गरेको प्रहरीले जनाएको छ ।

त्यसैगरी पुथा उत्तरगंगा गाउँपालिका ८ को ३ रोपनी क्षेत्रफल र सोहि गाउँपालिकाकै वडा नम्बर ५ मा लगाइएको २ रोपनी अफिम नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व) का प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक योगेन्द्र कुमार खड्काले बताए । उनका अनुसार अवैध रुपमा विक्रि वितरणका लागि राखिएको तीन सय लिटर घरेलु मदिरा तथा मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ राख्ने ४० लिटरका ड्रमहरु समेत बरामत गरी नष्ट गरिएको छ । साथै विद्यालयका विद्यार्थीहरुलाइ जनचेतना मुलक पर्चा वितरण समेत गरिएको छ ।

जिल्लामा यस प्रकारको लागु औषधको दर हेर्दा स्थिती भयाभह भएको प्रहरी प्रमुख खड्काको भनाइ छ । लागु औषधकै कारण समाजमा विभिन्न किसिमका अपराधिक गतिविधी हुने गरेको भन्दै यस्ता गतिविधिहरु न्युनिकरण गर्नको लागि सधै लागि पर्ने उनले बताए ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto