आहा सञ्चार संबाददाता
रुकुम
पत्रकार एवं प्रगतिशिल साहित्यकार कृष्णसेन इच्छुकको आज १७ औं स्मृति दिवस रुकुम पश्चिममा पनि मनाईएको छ । उनको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी मनाइदैछ । प्रेस संगठन नेपाल रुकुम पश्चिमको आयोजनामा बागबजारमा आज एक औपचारिक कार्यक्रमको गरि दिवस मनाईएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा जिल्ला समन्वय समिति रुकुम पश्चिमका प्रमुख राजकुमार शर्माले पत्रकार एवं प्रगतिशिल साहित्यकार कृष्णसेन इच्छुक एक क्रान्तिकारी, निडर र सामान्तबादको बिरुद्ध लड्ने सिपाहि भएको बताए ।
ईच्छुकले आफ्नो ज्यान भन्दा क्रान्तिकारी राजनीतिक आस्था र जननपक्षिय पत्रकारिता ठुलो लिएका कारण नै आफ्नो ज्यान गुमाएको उनको भनाई थियो । ‘ईच्छुकले देखेको सपना र हिडेको बाटोमा सबै पत्रकार तथा साहित्यकारहरु हिड्नुपर्छ, उहाँको बलिदानलाई जहिलै स्मरण भैरहने छ’ उनले भने । कार्यक्रममा नेकपा रुकुम पश्चिमका सचिब बिमलकुमार पुन, नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका कोषाध्यक्ष सुरेन्द्र खत्री लगायतले कृष्णसेन ईच्छुकको योगदानको बिषयमा चर्चा गरेका थिए । मेगराज खड्काको अध्यक्षतामा भएको उक्त कार्यक्रम सञ्चालन महेश केसीले गरेका थिए । कार्यक्रममा सहभागी अथिति तथा सहभागीहरुले ईच्छुकको तस्बिरमा अबिर माल्र्यापन गर्नुका साथै श्रदाञ्जली ब्यक्त गरेका थिए ।
![Siddhartha Auto](https://aahasanchar.com/wp-content/uploads/2024/11/aaha-dijital-final.jpg)