ह्याँती गर्ने कुरा : एमएल ओली
आँख्खाऔं विश्वासै नगरिकिन बराठ सोज्जो खाप्चालाई ढ्वाङ फुक्न पठाल्चन् । तमाइका कान्ना बुट्टा पनि स्याना निपुर्या छन् र ? एक तुर्की मौल्लै नहाल्याउँ तमाइको बाक्लो दूध्ले मोल्य नपाउँदा ह्वात्वात्वात्वा माज्जै सरकनु घोप्ट्याउ कुरा सुन्ने पनि यिनै कान्ना पात्ता हुन क्यारै । उइछारी तमाइका दूध्ले न्वाइकिन काल्लो सरक सेत्तै भइयो छ हेर्नोई । त्यो भयाउँ ता भित्रैनु गुर्रेयाले पनि देख्खेल्ने रैच । त्यइभइकिन उई माफ्यिालाई ट्याप्प टिप्तै मिल्काल्ने रह्ैन्च । त्यो बेला तमाइका पराबाच्छाहरूले ताल्ली पटउदै कोइलाई चुस्ने दूध नाई कोइलाई पोख्ने ? भनिकिन आलुचना नगर्याउ भया भन्नु ? पोख्ने रिवाजा उइलैबाट चल्लियो छ हेर्नोई । पइला पैला तमाइका देवीदेउताहरूलाई दूदैले न्वाइन्त्यो गरे । न्वाउने पालो नपाउनेले कति घोप्ट्यान होला हिस्साप्पै नाई ? तेई भइकिन तमाई हाम्रा सोज्जा रिस उठ्दाखेरी ह्याँ दूध्ले न्वाउ कोइ छैन भन्न पाछौं । होइन्तो ?
तमाइको यो छुल्लया थुत्नो पनि कुर्रै नबुज्जि त्यस्सै कोक्याइन्च भन्नु हुन्च । कुर्रै गर्ने हो भन्या सप्पैले केइन केई पोख्न पाकै छौं । माट्टाले क्या माङ्च ? त्यो दिनै पर्ने हुन्च । दुन्नाले दूद झार्ने, थार्राले मूत छार्ने यो ता रिवाज्जै भइयो । यस्मा ता क्याच्चम मान्नु हुँदो र ? हयाँ, हाम्रा वीरहरूले खुन पोख्दा त्याँ, तमाइका कात्तरहरूले सुन छेर्चन प अनौंटो लाक्च हेर्नोई । हुने ता क्याप्ठ्यारो भो र ? हुनेले कुथ छर्रेल्च, नहुनेलाई थुक्कै च्वाउन धौं । अरु नानाभाँत्ती कुरा चपाउनुभन्दा मुल्त्या कुरा ला ता होइजाँदो । तमाइले यो भन्नु होला भन्ने ता सोच्चाई नै छैन भन्नु हुन्छ । तेई पमि तमाइको कर्तप्य पुरा गर्दा नाम्रै होला । होइन्तो ? तमाई हाम्ले देख्याउ कुरो यो जमाना भन्याउ पोख्ने जमाना हो हेर्नोई । मान्सले पोख्न नहुँने कुरा ता पोख्खेल्यो । त्यो जाब्बो रुन्च्या भाँराउ आँशु पोख्खिदा केई भाराबैराक नमान्नु होला । बरु ट्याम्मै नाम्रो जाद्रो छुट्याल्नोई । कोदो छारी कोदाउ बाउ भया पनि त्यो कोचलगाँरो, झक्रिया र ज्यानमारो हो । त्यल्लाई लुकाउनु भन्याउँ तमाइको काल्लाई लुकास्तो हो हेर्नोई ।
यल्लाई मिल्काउदा कस्को आत्तमा खुशी नहोला र ? तमाइको सुरालाई पोख्ता अरुलाई कस्तो लायो ? मक्न ता स्यानो गज्जप लाइन भन्नु हुन्च । क्यार्न लाइछ गज्जप भन्ने ठानौला फिरी । त्यो पन्नि भन्देल्चु हेर्नोई । जाँर रक्सी नखादै गन्नाल्च, खाने कोइलाई पक्लक्कै बन्नाल्च भन्न पठ्ठाकोले हेर्नोई । नाम्रालाई नाम्रो जाद्रालाई जाद्रो भन्नै पर्यो । होइन्तो ? तमाइका सुराले कोइलाई जैकल्यान गर्याउ थापाइयाउ छैन क्यारै । यख्खा लक्षिणहरू हुन कि विशेषता ? तमाइका सोज्जालाई बङ्याउने, बाङलाई सोज्याउने, लाट्टालाई बोलाउने, बाठ्ठालाई डोलाउने, तल्लालाई माथ्थि पुर्याउने, माथ्यालाई तल झार्ने, कुरा धेरै छदाउने, अरुलाई मात्र लद्दाउने, आपूmँ बर्ता छट्टाउने, आफ्न्ती र परिवारलाई फट्टाउने लगाइत कत्ति हो कत्ति ? सप्पै क्यार्न भन्ने हो र ? लाजौमर्नु जल्ले ज्यासुक्कै भन्या पनि सुरालाई बन्द गर्ने नाम्रो काम हो । आँज पइलै गरेल्नु पर्ने, अल्ता ढिलै भे । खैर केई छैन, ढिल्लै होस् छोर्रै होस् भन्दाइनी यस्लाई पोख्ने र बन्द गर्नाले तमाइको कल्यानै गर्याउछ ।
हार, छाला र मास्सुऔं मात्र होइन यस्का बाउ छात्ती यो ज्यान अन्नपानीयौं र जाँर रक्सीयौं पनि हो । ज्यान पालो अन्नपानी बन्द गदर्याउ भया कोखा बराङले सदान । होइन्तो ? त्यल्लाई बन्द गर्या पनि स्वादौं तरसित्तौं दूद र घिउ खाइकिन जिउ पलाउला भन्नेहरू पनि धेरै छन् । सुत्क्यारीयौं निवई पारी टाउको मइले खाए भन्दाइनी तमाइको रक्सीया निउले धनकमाउने, दुनिया चेलीबेटियौं तन दुखाउने, गोप्या खुल्लाउने, खुल्ला लुकाउने मद्यालाई केइ मात्रामा अस्सर परेकै ठर्च । सुन्नमानुसार तमाईको देख्नेले मुख मिड्याउते रे । फाल्लनेले फाल्याउ खुश्यालीमा र फाली माङ्नेले चित्त दुख्खाउँ उपलक्ष्यमा चट्काल्या गरे । यो खप्पर सुन्दा अल्तै बैराक जाक्चन र ? ह्याँती गर्ने कुरा, बैराक मेट्न एक दुई बोत्तल चट्काल्ने होई भन्नु हुन्च । यस्तो भन्ला भन्ने लाउहोला यो ता भन्याउ भनेई हो । अब ता कत्नाम्रो तमाइको घिउ खाइन्च जिउ लाइन्च । होइन्तो ?