जारो : ह्याँती गर्ने कुरा

Byआहा सञ्चार

२०७५ मंसिर १७, सोमबार १५:४२

एमएल ओली
तमाइको जारोलाई चिसो, ठण्डा तथा सर्दी पनि भनिन्छ हेर्नोई । जारो किन भन्नियो होला ? खोजी गर्दै जाँदा यो जार जस्तै भएकोले जारो भएछ भन्नु हुन्च । यसले जारो लाग्ने, कम्प छुटाउने, जुर्जुरे लाग्ने, तातोपना पटक्कै नदेखाउँने, नाक्चोबाट सिकानको मूल फुटाउने, बृद्धबृद्धालाई भोक उठाउने, जोइपोइलाई टुटाउने लगाइतका लक्षिण देखाउँछ हेर्नोई । यसका साथै ठण्डा बराउँने, गरिब डराउँने, सातु हराउँने, भकारी कराउँने, सर्दी बराउँने, बत्तीस दन्त जुदाउने, धनपैसो कुदाउने तथा रगत चुस्ने गर्छ । तेई भइकन मङ्सिरे जारो जिउन गारो भन्निएको हुनुपर्छ । योबाट बच्ने उपाँया खोज्जेल्नु होला हेनोई ।

तमाइको चिसो र तातो दुई भाइ हुन भन्नेहरू पनि छन् । तर मलाई भने यिनीहरू दुई भाइ नभई दुई जारभत्तार जस्तो लाग्छ हेर्नोई । यिनीहरूसित हितेरी मितेरी नगर्ने हो भने जिलाल्छन् भन्नु हुन्च । यतिबेला मङ्सिराऊ तमाई हाम्लाई थाइछ । उलफुर्नु पुसमाग समेत भाइरै सुत्न सकिन्त्यो । अइल ता क्यार्न कुरा गर्ने हो र ? मङ्सिरमै घरभित्र सुत्न सकिन्न भन्नु हुन्च । जारो विभिन्न प्रकारको भित्रीजारो, भाइरी जारो, मुटुजारो, काँरेजारो कति हो कति ? यो ता सारो र तन्नेरी पनि भइयोछ हेर्नोई । यसले बैंस कारीकन अन्नेरी गर्ने वाला छ । सबै जानकविला थुप्रोपरिकन हुन्छ कि कुप्रो परिकन आफ्फै जक्चेत गरेल्नुहोला ।
तमाइको जारो यति ठूल्याउछ कि यसलाई बोलाउन, चलाउन, छुनछाम्न सके पो ? कुरा नबुजी देउता पूज्ने कतिपय पूजारीले जुगलाई सराप्छन् हेर्नोई । म ता त्यो पक्षमा पनि छैन भन्नु हुन्च । तमाइको जुक्ता आउँछ जान्छ, त्यसको केई दोख छैन । तमाई हाम्रा दलहरू मिल्यास्तै जाराउ पट्टी पनि मिल्योछ भन्नु हुन्च । तेई भइकन मङ्सिर नछिप्पिदै चिसो छिप्पयो हेर्नोई । तमाई हाम्रो पालीमा केराकेटीयौं जारो बाख्रीले बुकाल्त्यो । अइल ता तमाईको बाख्री मात्रै हो र ? बोकेलाई समेत बुकाल्नेछ भन्नु हुन्छ । हिमाल, पहाड, तराईमा बस्ने सबै उमेर, सबै लिंग, सबै जात, सबै भाषा, सबै धर्मका इष्टमित्रहरूले चिसोबाट जोगिने कोसित गरेल्नु होला ।
जारोले विशेष गरिकन स्यानातीना गरिब–गुुर्बा तथा दुःखी–दर्दीलाई माया गर्दै खुुप्पै पछ्याउँछ भन्नु हुन्च ।

त्यसमा पनि आँज तमाइका बुराबुरीलाई स्यानो प्यार गर्दैन यार । उइता हो नि तमाइले लप पार्या छोट्या छोट्टी जस्तै । ठूला बड्डाहरूलाई यसले मरिग्या हेर्दैन, हेरोस् पनि कस्तोरी ? हजुरका ठूल्ठाल्लिया पुत्ला जलाऊ तमाई हाम्ले देखेकै कुरो हो । त्यसले गर्दा उनेरूको छ्याल देख्ना साथ तमाइको जारो सात कोष पर भाइन्च हेर्नोई । त्योबाट जोग्गिनका लागि स्याना खुरीया सबैले केई न केई जन्तरमन्तर गरेल्नुपर्छ हेर्नोई । तमाइको अइलौं जारो शक्तिशाली छ भन्नु हुन्च । यसले पैलास्तो तीन उइले टेर पुच्छर लाउने वाला छैन क्यारै । जारोबाट सुरक्षा गर्न हुनेले हिटर बालौं, नहुनेले दाउरा बालौं, त्यो पनि नहुँनेले दारा बजाउँदै सप्पै जना सात्तै चोच्किनु होला । रिसको झोक्ले राँको बाली, हाँको हाली, सरक तताए पनि तमाइको मुतौं न्यानो मात्र हुँनेछ । ह्याँती गर्ने कुरा, जारोलाई नाम्रो ताइबीसित प्यार गरिकन फकाई फुल्याई गरेमा तमाइको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक जारो समेत हरन्त होइँन्छ भन्नु हुन्च ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto