हस्तबहादुर केसी
“एकचोटि राजनीतिक दिशा निश्चित भएपछि कार्यकर्ताहरु निर्णायक तत्व हुन्छन् । अतः योजनाबद्ध तरिकाले ठूलो संख्यामा नयाँ कार्यकर्ताहरुलाई तालिम दिनु हाम्रो संघर्षमय कार्य हो ।”
– माओ त्सेतुङ, राष्ट्रिय युद्धमा चिनियाँ कम्युनिस्ट पार्टीको भूमिका (अक्टुबर १९३८)
कमरेड माओका कार्यकर्ता नीति सम्बन्धी यी भनाइहरु हाम्रो निम्ति पनि उत्तिकै मार्मिक र सान्दर्भिक छन् । किनकि महान् नेपाली नयाँ जनवादी क्रान्तिका निम्ति हामीले सही क्रान्तिकारी नीति अंगिकार गरिसकेका छौँ । यसलाई सफलतामा पु¥याउनका लागि ठूलो संख्यामा ‘लाल बन्दै निपुण बन्ने’ कार्यकर्ता नीतिअन्तर्गत अब्बल दर्जाका ठूलो संख्यामा क्रान्तिकारी कार्यकर्ताहरु निर्माण गर्न पार्टी स्कुलिङको आवश्यक पर्ने भएकाले हामीले ७ दिने आवासीय केन्द्रीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन गरेका छौँ ।
गत असारमा सम्पन्न हाम्रो पार्टी नेकपा (क्रान्तिकारी माओवादी) केन्द्रीय समितिको निर्णयलाई कार्यान्वयन गर्ने सिलासिलामा हामीले यही २०७५ साल कार्तिक ११ गतेदेखि १७ गतेसम्म ७ दिने आवासीय केन्द्रीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन ग¥यौँ । यो कार्यक्रम पार्टीको केन्द्रीस्य कार्यालय बुद्धनगर, काठमाडौँमा सञ्चालन ग¥यौँ । पार्टीकोस्थायी समितिको निर्णय बमोजिम कोटाको आधारमा ७ वटै प्रदेशबाट गरी जम्मा ३० जनालाई सहभागी गराउने काम भएको थियो । अन्तिममा २६ जना कमरेडहरु सहभागी बन्नुभयो ।
पार्टी जीवनको इतिहासमा केन्द्रीय स्तरको प्रशिक्षकहरु तयार पार्ने उद्देश्यले आवासीय प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको हाम्रो यो पहिलो अभ्यास हो । यसमा केन्द्रीय समितिका सदस्य कमरेडहरु र प्रदेशस्तरमा कार्यरत कमरेडहरुको सहभागिता रहेको थियो ।
यस आवासीय प्रशिक्षण कार्यक्रमको व्यवस्थापनको सम्पूर्ण जिम्मा पार्टीको प्रदेश नं. ३ कमिटिलाई रहेको थियो । साथै आवास तथा खाना तथा प्रशिक्षकहरुका नोट ९ज्बलमक यगत० हरुको छपाइ तथा फोटोकपी लगायत अन्य आवश्यक कामहरुको जिम्मा प्रदेश नं. ३ को रहेको थियो ।
पहिलो पटक केन्द्रीय स्तरमा सञ्चालन गरिएको यो केन्द्रीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम एक ऐतिहासिक र अत्यन्तै महत्वपूर्ण तथा सबैका लागि शिक्षाप्रद रह्यो ।
हाम्रो पार्टीले विभिन्न विभागहरु झैँ पार्टी स्कुल विभागको व्यवस्था गरेको छ । यो विभाग केन्द्रीय स्तरमा, प्रदेश स्तरमा, जिल्ला स्तरमा गठन गरेर पार्टीका आम कार्यकर्ताहरुलाई प्रशिक्षित तुल्याउने रहेको छ । मालेमावादी सिद्धान्तमा आधारित रहेर पार्टी स्कुलिङ सञ्चालन गर्ने रहेको छ । हाम्रो पार्टी स्कुल नितान्त माक्र्सवादी स्कुल हो । स्कुलिङ सञ्चालन त प्रतिक्रियावदीहरु तथा अवसरवादीहरुले पनि सञ्चालन गरेका हुन्छन् तर हाम्रो स्कुल त माक्र्सवादी स्कुल भएको हुनाले आम पार्टीका नेता, कार्यकर्ताहरुलाई माक्र्सवादका आधारभूत सिद्धान्त र मान्यताहरुको बारेमा प्रशिक्षित तुल्याउनु रहेको छ । माक्र्सवादका तीन संघटक अंग, तीन स्रोत छन्, जस्तै दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवाद । विशेष गरी हामीले ती माक्र्सवादका तीन संघटकका बारेमा आधारित रहेर पाठ्यक्रमको तर्जुमा गरेका छौँ, हाम्रो पाठ्यक्रम निर्धारण गरेका छौँ ।
हाम्रो केन्द्रीय स्कुल विभागले प्रारम्भिक तह, विस्तृत तह, विशिष्ट तह र अनुसन्धात्मक तह गरी चार तहको स्कुलिङको पाठ्यक्रम तर्जुभा गरेको छ । प्रारम्भिक तह जिल्ला स्तरमा, विस्तृत तह प्रदेश स्तुरमा र विशिष्ट तह केन्द्रीय स्तरमा स्कुलिङ सञ्चालन गर्ने व्यवस्था पार्टीले गरेको छ । अनुसन्धानात्मक तह छुट्टै माथिल्लो स्तरको रहेको छ । अहिले हामीले सञ्चालन गरेको केन्द्रीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम केन्द्रीय स्तरको रहेकोछ । केन्द्रीय स्तरका प्रशिक्षकहरु तयार पारेर देशैभरि प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले हाम्रो पार्टी स्कुल विभागले ७ दिने आवासीय केन्द्रीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको हो।
माक्र्सवाद एक वैज्ञानिक तथा गतिशील सिद्धान्त हो । यो विश्व सर्वहारा वर्गको क्रान्तिको विज्ञान पनि हो । आज माक्र्सवादले आफ्नो विकासको चरणमा माक्र्सवादको विकास गरेको छ । माक्र्सवादको गुणात्मक विकासको दोस्रो चरणमा लेनिनवादको विकास गरेको छ । त्यस्तै माक्र्सवाद–लेनिनवादको गुणात्मक विकासको तेस्रो र नयाँ चरणमा माओवादको विकास गरेको छ । त्यसैले आज माक्र्सवाद–लेनिनवाद–माओवाद विश्वसर्वहारा वर्गको मुक्तिको पथप्रदर्शक र मार्गदर्शक सिद्धान्त बन्न पुगेकोछ । यसरी आज अन्तर्राष्ट्रिय सर्वहारावर्गको हातमा एउटा सार्वभौम सिद्धान्तको सिंगो अभेद्य इकाइकाभ रुपमा माक्र्सवाद–लेनिनवाद–माओवाद रहेको छ । माओवादलाई आजको विश्वको माक्र्सवाद–लेनिनवादको रुपमा ग्रहण नगरी कोही पनि सच्चा कम्युनिस्ट बन्न सक्दैन । आजको युग भनेको साम्राज्यवाद र सर्वहारावर्गबीचको भीषण वर्गसंघर्षको युग हो । आजको विश्वको माक्र्सवाद–लेनिनवाद भएकोले नै संसारभरका प्रतिक्रियावादी र संशोधनवादीहरुले माओवा एवम् माओवादीहरुमाथि भीषण हमला गरिरहेका छन् ।
लामो समयदेखि आम पार्टी पंक्तिभित्र व्यवस्थित र योजनाबद्ध रुपमा स्कुलिङ सञ्चालन हुन नसकेकै कारण विभिन्न स्तरका नेता, कार्यकर्ताहरुको वैचारिक, सैद्धान्तिक, दार्शनिक स्तर गिर्दो रह्यो र पटक पटक वैचारिक विचलन पैदा भएर पार्टीबाट पलायन हुने र पार्टीभित्रका अवसरवादीहरु तथा संशोधनवादीहरुलाई सातदिने र ठूलो पंक्ति फुट र विभाजनको पक्षमा लागेर महान् दस वर्षबाट निर्माण भएर आएका हजारौँ नेता, कार्यकर्ताहरु पुष्पकमल दाहालहरुजस्ता अवसरवादी एवं नवसंशोधनवादीहरु प्रतिक्रियावादका पतन भइसकेको नेकपा एमालेमा विलय हुने क्रम सँगसँगै एमालेले थापेको ढरियामा छिर्न पुगे । यस नकारात्मक परिघटनाका कारणहरुमध्ये एउटा विगतमा आमा पार्टी पंक्तिभित्र व्यवस्थित र योजनाबद्ध ढंगले स्कुलिङ सञ्चालन गरेर आम नेता, कार्यकताहरुले माक्र्सवाद–लेनिनवाद–माओवादका सार्वभौम सिद्धान्त र मान्यताहरुले लैस गराउन नसक्नु रहन गएको छ । कार्यकर्ताहरु मालेमावादको सिद्धान्तले लैस भएका कारण प्रचण्ड–बाबुरामहरु नाङ्गै भएर एमाले र कांग्रेसमा विलय हुने थिए । प्रचण्डको त छन तु युको जस्तो हालत हुने थियो ।
विगतका यी नकारात्मक परिघटनाहरुबाट पाठ सिक्दै आम पार्टी पंक्तिभित्र विभिन्न तह र स्तरका नेता कार्यकर्तालाई मालेमावादका यिनै सार्वभौमसिद्धान्तद्वारा लैस तुल्याउँदै व्यवहारमा समेत उतार्ने उद्देश्यले हाम्रो पार्टीले केन्द्रदेखि स्थानीय स्तरसम्म पार्टी स्कुलहरुको निर्माण गरेर कार्यकर्ता स्कुलिङ सञ्चालन गर्ने योजना बनाएको छ ।
पहिलो पटक सञ्चालन गरिएको यस पटकको ७ दिने आवासीय केन्द्रीय प्रशिक्षक प्रशिक्षण कार्यक्रममा पार्टी महासचिव क. मोहन वैद्य किरणले ‘वर्तमान परिस्थिति र पार्टी काम, नेपाली समाजको स्वरुप र आम कार्यदिशा तथा नेपाली कम्युनिस्ट आन्दोलनको इतिहास’ गरी तीनवटा विषयमा सुव्यवस्थित ढंगले प्रशिक्षण दिनुभयो । पार्टीका स्थायी समिति सदस्य क. सी.पी. गजुरेल गौरवले ‘संयुक्त मोर्चा’का बारेमा र अर्का स्थायी समितिका सदस्य क. रामसिंह श्रीसले ‘ऐतिहासिक भौतिकवादको परिचय, जनवादी केन्द्रीयताको सिद्धान्त र पार्टी संगठन र विधान’का बारेमा प्रशिक्षण दिनुभयो । त्यस्तै स्थायी समितिका सदस्य एवं केन्द्रीय पार्टी स्कुल विभागका प्रमुख क. परि थापाले ‘द्वन्द्ववादका प्रवर्गहरु, मानव चेतनाका रुपहरु र शास्त्रीय रचनाहरुको अध्ययन अन्तर्गत एंगेल्सको प्रकृतिको द्वन्द्ववाद र लेनिनको भौतिकवाद ः आलोचनासिद्ध’ अनुभव नामक रचनाहरुको बारेमा प्रशिक्षण दिनुभयो ।
त्यस्तै पोलिटब्युरो सदस्य एवं केन्द्रीय पार्टी स्कुल विभागका सदस्य क. सीताराम तामाङले ‘राजनीतिक अर्थशास्त्रअन्तर्गत राजनीतिक अर्थशास्त्रको परिचय, नेपालको अर्थ राजनीति, माक्र्सको अतिरिक्त मूल्यको सिद्धान्त र माक्र्सको राजनीतिक अर्थशास्त्रको आलोचनात्मक भूमिका’का बारेमा प्रशिक्षण दिनुभयो । अर्का पोलिटब्युरो सदस्य तथा केन्द्रीय पार्टी स्कुल विभागका सदस्य क. इन्द्रमोहन सिग्देल वसन्तले ‘अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको इतिहास र शास्त्रीय रचनाहरुको अध्ययनका क्रममा एंगेल्सको परिचवार, निजी सम्पत्ति र राज्यको उत्पत्ति र लेनिनको राज्य र क्रान्ति नामक रचना’को बारेमा प्रशिक्षण दिनुभयो । पार्टीको केन्द्रीय सदस्य र केन्द्रीय पार्टी स्कुल विभागको सचिव समेत रहेको म स्तम्भकार हस्तबहादुर केसीले दर्शनअन्तर्गत ‘दर्शनको उत्पत्ति र यसको ऐतिहासिक विकासका प्रक्रियाहरु, दर्शनशास्त्रको मौलिक प्रश्न, विश्वको दुई प्रश्न र दुई विश्व दृष्टिकोण, दर्शनशास्त्र सिद्धान्त र दर्शनशास्त्रको पद्धति, दर्शनशास्त्रको महत्व र माक्र्सवादी दर्शन, माक्र्सवादी दर्शनका जन्ममा आधारहरु, माक्र्सवादको लेनिनवाद र माओावदमा विकाभसका पूक्रियाहरु, माक्र्सवादी उदयले दर्शनको ल्याएको क्रान्तिको हलचल, माक्र्सवादी दर्शनअन्तर्गत द्वन्द्वात्मक भौतिकवाद, द्वन्द्ववादका सिद्धान्त र नियम, अन्तर्विरोधका नियमहरु, माक्र्सवाद द्वन्द्ववादी ज्ञान–सिद्धान्त, ऐतिहासिक भौकिवाद अन्तर्गत वर्गको उत्पत्ति, समाज विकासका नियमहरु, राज्यको उत्पत्तिदेखि सामाजिक क्रान्ति हुँदै वर्ग र राज्यको विलोपीकरणसम्म अर्थात् वैज्ञानिक साम्यवादसम्मका समाज विकासका नियमका अधिकांश विषयहरु र साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगका दर्शन अन्तर्गत संशोधनवादी दर्शन, फ्रेन्कफुर्ट स्कुलदेखि आधुनिकतावादसम्म माक्र्सवाद निषेध गर्न निषेधात्मक द्वन्द्ववादसम्म, संशोधनवादी दर्शन, कम्युनिस्ट पार्टी र कम्युनिस्ट भित्र चल्ने दुई लाइन संघर्ष र त्यसको वैज्ञानिक ढंगले समाधान गर्ने पार्टीको सही कार्यदिशा र क्रान्तिको रणनीति र माक्र्सवादको ऐतिहासिक कार्यभार वैज्ञानिक समाजवाद हुँदै साम्यवादसम्मका समग्र विषय र शास्त्रीय रचनाहकरुको अध्ययनको सिलसिला अन्तर्गत माक्र्स–एंगेल्सको माक्र्सवादको जन्मको कोसेढुङ्गाको रुपमा रहेको जर्मन विचारधारा’ का विषयमा प्रशिक्षण दिइयो ।
पार्टीका केन्द्रीय सदस्य तथा केन्द्रीय पार्टी स्कुल विभागका सदस्य क. हुकुमबहादुर सिंहले ‘वैज्ञानिक समाजवादको रणनीति र कार्यनीति, समाजवाद ः काल्पनिक र वैज्ञानिक, शास्त्रीय रचनाअन्तर्गत एंगेल्सको साम्यवादका सिद्धान्तहरुका बारेमा प्रशिक्षण दिनुभयो ।
त्यस्तै पार्टीका केन्द्रीय सदस्य तथा केन्द्रीय पार्टी स्कुल विभागका सदस्य प्रा. डा. जगदीशचन्द्र भण्डारीले ‘मालेमावादी सौन्दर्यशास्त्र’का बारेमा प्रशिक्षण दिनुभयो ।
साथै प्रा.डा. ताराकान्त पाण्डेले ‘माक्र्सवादी – लेनिनवादी – माओवादी सौन्दर्यशास्त्र अन्तर्गत ः माक्र्सवाद, नवमाक्र्सवाद, उत्तर माक्र्सवाद र उत्तर आधुनिकतावाद’का विषयमा विस्तृत रुपमा प्रशिक्षण दिनुभएको थियो । त्यस्तै प्रा. डा. ओम गुरुङले ‘जनजाति आन्दोलन’को विषयमा प्रशिक्षण दिनुभएको थियो ।
पार्टी महासचिवदेखि सबै प्रशिक्षकहरुले लिखित रुपमा प्रशिक्षणका विषयका नोट ९ज्बलमक यगत० हरु सहभागी प्रशिक्षार्थी कमरेडहरुलाई अनिवार्य रुपमा उपलब्ध गराएको थियो ।
पहिलोपटक सञ्चालन गरिएको यस केन्द्रीय प्रशिक्षण्क प्रशिक्षण कार्यबाट हामीले पहिलो नम्बरमा आवासीय स्वरुप दिएका छौँ भने दोस्रो नम्बरमा प्रशिक्षकहरुले लिखित रुपमा प्रशिक्षणका विषयका नोट ९ज्बलमक यगत० हरु अनिवार्य रुपमा सहभागी प्रशिक्षार्थी कमरेडहरुलाई उपलब्ध गराउने यी दुईवटा कार्यक्रमहरुको थालनी गरेका छौँ । यी प्रक्रियाहरुलाई अभ्यासकै रुपमा तलतलसम्म पु¥याउन जरुरी छ ।
सिंगो नेपाली कम्युनिस्ट आन्दोलनभित्र र हाम्रै पार्टी पंक्तिभित्र पनि प्रशिक्षण लिने काम नेताहरुको हो होइन, कार्यकर्ताहरुको मात्र हो भन्ने अत्यन्तै संकीर्ण र अभिधूतवादी चिन्तन जीवित रहँदै आएको छ । यस पटक हामीले केन्द्रीय समितिका सदस्य नेता कमरेडहरुलाई समेत ७ दिने आवासीय केन्द्रीय प्रशिक्षक प्रशिक्षण कार्यक्रममा सहभागी गराएर माक्र्सवाद–लेनिनवाद–माओवादका सार्वभौम सिद्धान्त र मान्यताहरुलाई समेटेर तयार गरेको पार्टी स्कुलिङको पाठ्यक्रमका आधारमा प्रशिक्षित तुल्याएका छौँ । यसलाई हाम्रो पार्टीले एउटा प्रचलनकै रुपमा र पार्टीकै योजनाअन्तर्गत निरन्तरता दिन जरुरी छ ।
यसपटक सञ्चालन गरिएको ७ दिने आवासीय केन्द्रीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम हाम्रो पार्टीको नयाँ जीवनमा एक ऐतिहासिक महत्वको र शिक्षाप्रद रहन गएको छ । यस आयामलाई देशव्यापी रुपमा र प्रवास तथा प्रदेशमा समेत लैजान जरुरी छ । किनकि यसको प्रभाव र शिक्षा देशभित्र र देश बाहिर भारत प्रवास एवम् विदेश समेत पर्न अनिवार्य छ । हाम्रो पार्टी स्कुलिङ त मालेमावादी कम्युनिस्ट पार्टीका नेता, कार्यकर्ताहरुको क्रान्तिकारी स्प्रिट र ऊर्जा पैदा गर्ने माक्र्सवादी–लेनिनवादी–माओवादी कारखाना हो । अब सबै प्रदेश, जिल्ला, भारत प्रवास र विदेशमा रहेका पार्टी कमिटीहरुमा समेत योजनाबद्ध ढंगले यस प्रकारका प्रशिक्षणहरु सञ्चालन गरिनेछ। प्रशिक्षणका कार्यहरुलाई क्रान्तिको द्वन्द्ववादको रुपमा बुभ्mन जरुरी छ । किनकि स्कुलिङ सम्बन्धी पार्टीभित्र नयाँ आयामले प्रवेश पाएको छ । (लेखक : नेकपा (क्रान्तिकारी माओवादी) केन्द्रीय पार्टी स्कुल विभागका सचिव हुन् ।)
