लालवहादुर के.सी.
(१) यी सवै प्रकारका कुराहरुलाई छुट्टा छट्टै रुपमा परिभाष गर्दा आ—आफ्नै परिभाषाहरु छन । कोटीको साधारण अर्थ भन्ने हो भने सय लाखलाई जोडेर आउने संख्या अथवा सय लाखको संकेत जनाउने शब्द हो ।
(२) होमको छुट्टै अर्थ लगाउने भने गृहस्थिले गर्नु पर्ने पंच महायज्ञमा गरिने दैवयज्ञ, हवन, आहुती र यज्ञ गर्ने भन्ने वुझिन्छ । र यज्ञ भनेको देवी—धार्मीक कार्य, पुजापाठ , दानधर्म आदि लोकोपकाारी कार्य ज्यादै महत्वपूर्ण शुभकार्य, अग्नी देवता र विष्णु देवताको महापुजन बुझिन्छ भने कोटीहोम महायज्ञमा करोडौं करोडको दिप ,जहु, तिल, घिउ, कपुर प्रज्वोलन गर्ने र जलाई भस्म गर्ने सबै भन्दा ठूलो देवकार्य हो । विधिवत टरिकाले संचालन गरी सुसम्पन्न गरिने मानव जाति लगायत अन्य प्राणीहरुका लागि पनि फाईदा जनक कार्य हो ।
(३) यी शब्दहरुको समिश्रणको नामाकरण भन्नु भन्दा पनि कोटीहोम महायज्ञलाई धार्मिकरुपमा लिदां कोटीकको अर्थ करोड भन्ने बुझिन्छ भने होमको अर्थ पुजा भन्ने बुझिन्छ । काटीहोम महायज्ञ भन्ने वित्तिकै पुजाको पनि महा पुजा भन्ने बुझिन्छ । कोटीहोम महायज्ञ सजिलै तरिकावाट संचालन गरी सम्पन्न गर्न सकिदैन । कोटीहोम महायज्ञमा एक करोड तेत्ततिस लाख हवन गरी स्वाहा स्ववहा गर्नु पर्दछ । वैदिक मन्त्रलेजप गरी परिपूर्ण गर्नु पर्दछ । सत्ययुगमा व्रहमाजीले ब्रहमालोकमा गर्नु भएको महा पुजालाई काटीहोम महायज्ञ भनिन्छ । यो कली युगको दुर्लभ कोट होम महायज्ञकको दर्शन गर्नाले र व्रत गर्नाले र मानिस सम्पूर्ण पापबाट र अनेकौं कलमषहरुवाट मुक्ति प्राप्त गरी अस्ट शिद्धि प्राप्त गरी मोक्ष प्राप्त गर्दछ ।
(४) काटीहोम महायज्ञ भनेको सवै प्रकारका दुषित तत्वहरुलाई शुद्ध गर्ने विधि हो । काटीहोम महायज्ञ गर्नाले पृथ्वीमा रहेको भए गरेको सवै प्रकारको अभिलो र दूषित वातावरणलाई शुद्ध गर्ने विधि र पद्धति हो मानिसहरुको मनदेखि लिएर सारा वातावरणनै शुद्धहोस भन्नका लागि कोटीहोम महायज्ञ गर्ने परापूर्वकाल देखि चल्दै र चलाईदै आएको रितीथिति हो भन्ने बुझिन्छ ।
(५) कोटीहोम महायज्ञमा जहुँ, तिल गाईको घिउ सहित कपुर मथन गरी चरु वनाई हवन कुण्डमा स्वाहा ,स्वाहा गरी २६ जना ब्राहमणहरु बसी जलाउनु पर्दछ । यो हवन कार्य कम्तीमा पनि सोह्र दिन सम्म गर्नु गराउनु पर्दछ । कोटीहोम महायज्ञ किन र केका लागि गर्ने र गराउने भन्ने सम्बन्धमा सर्व प्रथम राष्ट्र शान्ति, मानव कल्यान, पितृ उद्धार, भविश्यका राष्टका कर्णधार वालवालिकाहरुको सुस्वास्थ्य ,दीर्घायु एवं चिरिन्जीवी कामना गर्दै मानवरक्षा र कल्यानका लागि भूमिपूजन गरी जिमी भूमीको सद्धत्व गरी जमिनलाई पनि चोखो र वातावरणलाई स्वस्थ र शुद्ध पारी यो पृथ्वीमा बसोवास गर्ने सवै प्रकारका प्राणीहरुका लागि वातावरण स्वस्थ वनी सवै प्रकारका प्राणीहरुका लागि हित र कल्याण होस भनि कोटीहोम महायज्ञ गरिन्छ भन्ने कहावत छ ।
(६) काटीहोम महायज्ञगर्दा के हुन्छ त भन्ने कुराको सवालमा सवै भन्दा पहिले राष्ट्र शान्तिको कुरा आएको छ । सवै भन्दा पहिले मानिसलाई शान्ति चाहिन्छ । त्यसपछि सुरक्षा चाहिन्छ । अनि मात्र गास, वास, कपास, स्वास्थ्य, शिक्षा र विकास समृदि र सुखका कामकुराहरु आउँछन् । त्यसै कारणले काटीहोम महायज्ञ गर्दा शान्ति प्राप्ती, सुद्धि प्राप्ती, यश प्राप्ती, वुद्धिविवेक प्राप्ती द«ब्य प्राप्ती, मोक्ष प्राप्ती लगायत मानव जातीमा दुःख, कष्ट जालझेल ,कुमती, कुकार्य लगायत असहज परिस्थितिको समाप्ती भई सहज परिस्थितिको वातावरण वनी मानव जातीमा भएका अहँकार, डाह, दम्व, रिसराग ,का्रेध, उग्रभाव, दोष, कडा आवेग ,जोश, कोप, जङ , इस्र्या ,द्धेष, र पाप मनमा नराखी मानव जीवन वा चोला सुद्ध भई वाँच्नका लागि र यी कुकार्य र कुकृति हटाउनको लागि अग्नी देवता लगायत सवै देवतालाई खुसी पारी आत्म शान्तिका लागि पनि कोटीहोम महायज्ञ गरिन्छ भन्ने चलन छ ।
(७) कोटीहोम महायज्ञ भनेको सानोतिनो चानचुने मामुली कार्य होईन । यो त महान कार्य हो । एक जना एक्लै र एक परिवारले मात्र गर्ने कार्य पनि होइन र एकजनाले वा एक परिवारले गरे पनि साध्य हुन सक्दैन । राष्ट्र शान्ति र राष्ट कल्याण भन्ने वित्तिकै त्यो राष्टमा वसोवास गर्ने सवै राष्ट प्रमुख र सरकार प्रमुख देखि गाँउ स्तरमा बसोवास गर्ने सवै जनको लागि हो भन्ने कुरा बुभ्m्नु पर्दछ । मानव कल्याण भनेको पनि एकजना केहि ब्यक्तिको कल्याण होस भन्ने बुझिदैन त्यो राष्ट्रमा वसोवास गर्ने सवै मानवको कल्याण होस भन्ने कुरा बुझ्नु पदृछ । भविस्यका कर्णधार वालवालिका भनेका पनि काही एकजना ब्यक्तिका वालवालिका भन्ने बुझिदेैन । सारा त्यो राष्टमा वसोवास गर्ने वालवालिका भन्ने बुझिन्छ । साथै भूमीपूजन भनेको पनि खास त्यो कुनै एक ब्यक्ति वसोवास गर्ने भूमी मात्र भन्ने बुझिदैन । सारा राष्टको भूमी भन्ने बुझ्नु पर्दछ । भूमीपूजन गर्दा के—के हुन्छ भन्ने कुरामा मानिसले हाम्री मातृआमा जन्म भूमीको छातीमा टेकेर काम कार्य गर्दछौं भन्ने कुरा वाहिर खोज्न कतै पनि जानु पर्दैन ती जमीन माता छातीमा टेकेर मानिसले मानिसले गरेका कुकार्य र सुकार्य जमिन माताले प्रत्यक्ष देखेकी छन भने मानवका सवैका मन मस्तिष्कमा एकएक थाहा छ । त्यसै कारणले जमिन मातालाई खुशी पार्न भूमीपूजन गरी जमिन मातालाई शुद्ध पार्नु अथि आवश्यक छ ।
(८) को कसले कोटीहोम महायज्ञ गर्ने भन्ने सम्वन्धमा जो जसले कोटीहोम महायज्ञ गर्ने भन्ने सुनेकाछौँ ,जानकारी पाएकाछौँ । भक्तिभाव राख्दछौँ, राष्टशान्ति होस भन्न चाहन्छौँ, मानव कल्याण चाहन्छ ,भविश्यका कर्णधार वालवालिकाहरुको कल्याण चाहन्छौँ । राष्ट शान्ति सुरक्षा र राष्को स्थायित्व र विकास चाहन्छौँ ,सवै सारा प्राणीहरुको हित र कल्याण चाहन्छौँ । एकअर्का प्रति माया मोह, सदभाव चाहन्छौँ । चोरी गर्न जान्दैनौ ,ठगी गर्न जान्दैनौँ ,भ्रस्टाचार र अर्काको अहित गर्न जान्दैनौँ ,चाहदैनौँ यी सवै जनले आत्म मनन् गरी केही कुकार्य गरेको भए पनि सुकार्यमा परिनत होस र सारा पाप नास होस भनि सारा सवै जन सामेल भई कोटीहोम महायज्ञ गर्ने हो ।
(९) काटीहोम महायज्ञ कसरी संचालन गर्ने र सम्पन्न गर्ने भन्ने विषयमा जो जसले रुकुम पश्चिम मुसिकोट नगरपालिका अन्र्तगत वडा न.ं ५ को अति पुण्यभूमी श्री शाईकुमारी भगवती देवी माता जी र महादेव शिद्धवावाको वासस्थान डिग्रेमा २०७५ साल कार्तिक १८ गते देखि विधिवत तरिकाले काटीहोमको स्थापना गरी कलश शोभा यात्रा बाट शुभारम्भ गरी २०७५ साल मंसिर ८ गतेका दिन करिव ९ .०० वजेको समयमा पुनराआहुती गरी सम्पन्न गर्ने भन्ने कुरा जजसले सुनेकाछौँ । ती सवै जनहरुबाट आआपm्नो गच्छे अनुसारको दानपुण्य गरी भेटी चढाई ऐतिहाँसिक विश्व विख्यात तिर्थ स्थल डिग्रेमा आई सिद्धि प्राप्त श्री काली माता ज्यूको सदीक्षा र संकल्पका साथ आयोजित कोटीहोम महायज्ञ अनुस्ठानमा सपरिवार पाल्नु भई मातजी को हातबाट शुभाशिर्वाद ग्रहण गरी आपm्नो जीवन शुखी र धन्य वनाउन चाहने समस्त भक्तजनहरुवाट संचालन गरी सुसम्पन्न गर्ने गराउने कार्य गर्ने ।
(१०) २०७५ साल कात्तिक १८ गतेदेखि शुरु भई २०७५ साल मंसिर ८ गतका दिन पुनरा आहुती गरी समापन गरिने कोटीहोम महायज्ञमा गरिने कार्यहररु निम्न प्रकार प्रस्तुत गरिएको छ ः—
१) शुभ विवाह २) ब्रतवन्ध ३) चौरासी पुजा ४) रुद्वीपाठ्र ५) चण्डी पाठ ६) होमन यज्ञ ७) प्रवचन
८) पिटृउद्धार कार्य ९) देह शान्ति १०) तर्पण मार्जेन ११) भूमीपुजन १२) नवग्रह शान्ति १३) सर्वैदान
१४) ग्रह शान्ति
आदि कार्यहरु गरी राष्ट्रशान्ति मानव शान्ति ,मानव देह शान्ति ,प्राप्तीका लागि कोटीहोम महायज्ञ गरी सवै मानवको कल्याणको लागि र सुस्वास्थ्यको लागि यो कार्य गर्न आवश्यक छ । आउनुहोस काटीहोम महायज्ञको दर्शन गरी आ—आफ्नो मन शान्ति र मोक्ष प्राप्त गरी सुखी र आनन्दित प्राप्त गरी सुखीजीवन जीउनुहोस ।
