आहा सञ्चार संबाददाता
रुकुम पश्चिम र जाजरकोटको सिमा बजार रिम्नामा सांकृतिक महोत्सवको उद्घाटन गरिएको छ । भेरी नगरपालिका जारकोटका प्रमुख चन्द्र प्रकाश घर्तिले महोत्सवको उद्घाटन गरे । महोत्सव मुल आयोजक समितिका अध्यक्ष प्रेम रानाको अध्यक्षमा भएको कार्यक्रमको संचालक महोत्सव निर्देशक डिल्ली परियारले गरेका थिए । महोत्सब यहि असोज २४ गते देखि ३० गते सम्म संचालन हुनेछ । संस्कार र संस्कृतिको जगेर्ना गरौै, पर्यटन प्रवद्र्धनमा समृद्धि भरौं भन्ने मुल नाराका साथ महोत्सव मुल आयोजक समिति र त्रिबेणी कला केन्द्र जाजरकोटको सयुक्त आयोजनामा गरिएको हो ।
दशैतिहार बिशेष उक्त सांस्कृतिक कार्यक्रममा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको दैनिकजसो बेजोड प्रस्तुती रहने छ । महोत्सवमा मुरुभुमिमा पाईने उँट र संसारकै अग्लो चरा अष्ट्रिज समेत अवलोकन गर्न व्यवस्था मिलाईएको छ । महोत्सवको पहिलो दिन हिजो स्थानीय कलाकारहरुको प्रस्तुती रहेकोमा आज चर्चित लोकदोहरी गायक रामजी खाँण सहितका कलाकारहरुको प्रस्तुती रहने छ ।
फेसबुक प्रतिक्रियाहरु