मेगराज खड्का
यस पालिको दशै तिहारमा सबैलाई नचाउन नयाँ झ्यारे गीत रुकुमैको सेरो र फेरो बजारमा आएको छ । पवन खड्काको उक्त गीतमा युवा पुस्ताका लोकप्रिय लोकदोहोरी गायक तिलक परियार र प्रेम परियारको आवाज रहेको छ । रुकुममा प्रमुख पर्यटकीय क्षेत्रलाई सुन्दर शब्द संयोजनले गीतमा बुनिएको छ । लक्ष्मण ओलीको शब्दमा रहेको गीतमा याम बस्यालको लय रहेको छ । यो झ्याउरे गित यसै गितका गायक तिलक परियारले आफ्नै युट्युव च्यानलबाट केहि दिन अघि सार्बजनिक गरेका हुन । छोटो समयमै पनि गीतलाई निकै रुचाईएको छ । गीतको अहिले अडियो मात्र बजारमा आएको र आर्थिक स्रोत जुटाएर छिटै भिडियो समेत निर्माण गरिने बताईएको छ । ‘मेरा अघिकांस गीतहरु रुकुमको स्थानीय कलासंस्कृति जोगाउनमा नै केन्द्रित छन’ गायक परियारले भने, ‘यसपटकको झ्यारे गीत पनि त्यसकै नमुना हो । यसपटकको मेलापर्वहरुमा यो गीतमा सबै रमेर नाँच्नुहुनेछ भन्ने आशा लिएको छु ।’ गीतको अडियो तल क्लिक गरेर सुन्नुहोस । 

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto