सत्य बहादुर बटाला
रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा दसैँको अवसरमा अनाथ बालबालिकालाई कपडा वितरण तथा चियापान कार्यक्रम सम्पन्न भएको छ । सिस्ने बाल गृह आठविसकोटले आयोजना गरेको उक्त कार्यक्रममा नगरपालिका भित्रका ८ जना अनाथ बालबालिकालाई कपडा वितरण गरिएको हो । आठविसकोट नगरपालिका राडीमा घर भई हाल अमेरीकामा बस्दै आउनु भएकी जयन्ती थापाको आर्थिक सहयोगमा १५ हजार १ सय १४ रुपैया बराबरको अनाथ बालकालिकालाई न्यानो कपडा वितरण गरिएको हो ।
त्यसै गरी अनाथ बालबालिकालाई यसपालिको दसैँ मान्न सहज होस भनी आठविसकोट नगरपालिकाका प्रमुख गोर्ख बहादुर केसीले १२ हजार रुपैयाँ बराबरको खसी उपहार दिएका छन । अनाथ बालबालिकाहरुले पनि दसैँ आएको महशुस गरुन भनी दसँैमा आफुले नेपाल सरकार बाट पाउने तलब भत्ता बाट रकम छुट्याएर अनाथ बालबालिकालाई खसी उपहार दिएको नगर प्रमुख केसीले बताए । त्यस्तै वडा नं. १२ बा वडा अध्यक्ष खम्मे कुसारिले अनाथ बालबालिकालाई रु ५ हजार प्रदान गरेका छन । कार्यक्रममा बोल्दै सिस्ने बाल गृह आठविसकोटकी अध्यक्ष सुनिता चँदाराले बाल गृहको अध्यक्षले मात्रै पहल गरेर बाल गृह सुधार नहुने भएकाले सरोकार वाला निकाय लगाएत नगरबासी सबै मिलेर अघी बढ्नु पर्ने बताए । बाल गृहकी अध्यक्ष सुनिता चँदाराको अध्यक्षता रहेको कार्यक्रममा नगर प्रमुख गोर्ख बहादुर केसीको प्रमुख आतिथ्यता रहेको थियो भने उप प्रमुख गीता नेपालीको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा अन्य सँघ सस्थाको प्रतिनिधीहरुको पनि सहभागी रहेको थियो । कार्यक्रमको सञ्चालन सस्थाका सदस्य प्रेम विर वि.क.ले गरेका थिए ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto